सहकारीको ऋण नतिर्नेलाई कालो सूचीमा राख्ने सरकारको चेतावनी
काठमाडौं : नेपाल सरकारले ११ वटा सहकारी संस्थाका ऋणीलाई समयमा नै ऋण तिर्न सूचना जारी गरेको छ । यदी ऋण नतिरे कालो सूचीमा राख्ने समेत सरकारले सूचनामार्फत जनाएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ११ वटा समस्याग्रस्त सहकारी संस्थाका ऋणीहरूले समयमा नै ऋण चुक्ता नगरे कानून बमोजिम कालो सूचिमा राख्ने जनाएको छ ।
समितिका अनुसार समस्याग्रस्त रहेका स्ट्याण्डर्ड सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ, स्ट्याण्डर्ड मल्टिपर्पोज को-अपरेटिभ, लुः निभा बहुउद्देश्यीय सहकारी संस्था, प्यासिफिक सेभिङ्ग एण्ड इन्भेष्टमेण्ट को-अपरेटिभ, कोहिनुर हिल सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ, कुबेर बचत तथा ऋण सहकारी संस्था, भेगास बचत तथा ऋण सहकारी संस्था, सोसाइटल बचत तथा ऋण सहकारी संस्था रहेका छन् । यी संस्थाबाट लिएको ऋण समयमा नै नतिरे कालो सूचीमा राख्ने भएको हो ।
जारी सूचनामा भनिएको छ, ‘नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट विभिन्न मितिमा समस्याग्रस्त घोषित सहकारी संस्थाहरुको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि सम्बन्धित सञ्चालक/ऋणी/व्यवस्थापक/कर्मचारीहरुलाई निजहरुले तिर्नु बुझाउनु पर्ने ऋण र दायित्वको सावाँ ब्याज बुझाउनका लागि पटक–पटक सम्पर्क, पत्राचार र राष्ट्रियस्तरको पत्रपत्रिकामा समेत सूचना प्रकाशन गर्दा समेत हालसम्म पनि संस्थालाई तिर्न बुझाउन पर्ने ऋण र दायित्व बाँकी भएकोले १५ दिनको यो सूचना प्रकाशित गरिएको छ ।
यस समयावधि भित्र आफूले तिर्नुपर्ने ऋणको साँवा ब्याज यस समितिको कार्यालय अनामनगर, काठमाडौंमा बुझाउनु होला, अन्यथा कानून बमोजिम कारवाहीका साथै सहकारी ऐन, २०७४ को दफा ११५ को उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिम निजको राहदानी रोक्का राख्ने र नाम कालो सूचिमा समावेश गरिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार