२४ कात्तिक २०८३, मङ्गलबार

आर्थिक अवस्था कमजोर भएका सदस्यको ऋण मिनाहा गर्दै गौरीशंकर सहकारी

२०७९ कात्तिक २१, सोमबार
आर्थिक अवस्था कमजोर भएका सदस्यको ऋण मिनाहा गर्दै गौरीशंकर सहकारी

काभ्रे : धुलिखेल–१२, शंखुपाटीचौर स्थित गौरीशंकर साना किसान कृषि सहकारी संस्थाले सदस्यको कर्जा मिनाहा गरिदिने भएको छ ।

सहकारीबाट कर्जा लिई भुक्तान गर्न नसकेका अति गरिब (जग्गा जमिन केही नभएका) सदस्यको कर्जा मिनाहा गर्ने संस्थाले निर्णय गरेको हो । त्यस्ता सदस्यहरुको बढीमा २५ हजार सम्मको कर्जा समूह तथा अन्तर समूहको सिफारिसमा मिनाहा दिने निर्णय संस्थाको ११ औं तथा एकीकरण पश्चातको दोश्रो साधारण सभाले निर्णय गरेको हो ।

जग्गा जमिन नभएको, आर्थिक श्रोत नभएको तथा केही गर्दा पनि रकम तिर्न नसक्ने सदस्यहरुको सूची तयार गरी समूह र अन्तर समूहबाट सिफारिस भएर आएको अवस्थामा २५ हजार रुपैयासम्म कर्जा मिनाहा गरिने संस्थाका अध्यक्ष सिताराम भट्टराईले जानकारी दिए ।

संस्थाले १२ करोड २२ लाख ६९ हजार ५ सय ९६ कर्जा प्रवाह गरेको छ ।

अभिलेख

लोकप्रिय