२४ कात्तिक २०८३, मङ्गलबार

सहकारीका सदस्यको बचतलाई सुरक्षित गर्ने राप्रपाको घोषणा

२०७९ कात्तिक १४, सोमबार
सहकारीका सदस्यको बचतलाई सुरक्षित गर्ने राप्रपाको घोषणा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन-२०७९ का लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ ।

राप्रपाले सहकारी क्षेत्रमा देखिएका विकृती नियन्त्रण गरी बचतकर्ताको बचतलाई सुरक्षित गर्ने योजना अघि सारेको छ । त्यस्तै सहकारीबाट उत्पादन बढाउने तथा रोजगारी सिर्जना गर्ने योजना समेत चुनावी एजेण्डामा राखेको छ ।

पछिल्लो समय सहकारी संस्था समस्याग्रस्त भई बचत रकम समेत असुरक्षित हुन थालेपछि राप्रपाले आफ्नो चुनावी घोषणापत्रमा बचत सुरक्षा गर्ने घोषणा गरेको हो । अहिलेसम्म सहकारीका सदस्यहरुको बचतलाई सुरक्षित गर्ने योजना कुनै पनि पार्टीले चुनावी एजेण्डा बनाएका छैनन् ।

घोषणापत्रमा प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा निजी र सहकारी क्षेत्रको सहकार्यमा कृषि उपज तथा चिस्यान केन्द्र निर्माण गर्ने उल्लेख गरेको छ । यसैगरी सहकारी खेती प्रणालीलाई अघि बढाउने पनि पार्टीको योजना छ । यसैगरी साना किसान कृषि सहकारी मार्फत कृषि उपजलाई सामुहिक रुपमा खरिद बिक्रीका लागि कृषि बजार स्थापना गर्ने पनि पार्टीको योजना छ ।

अभिलेख

लोकप्रिय