२२ भदौ २०८३, सोमबार

सहकारीखबरका प्रदेश नंं. १ प्रतिनिधि बञ्जरा पुरस्कृत

२०७९ कात्तिक १३, आईतवार
सहकारीखबरका प्रदेश नंं. १ प्रतिनिधि बञ्जरा पुरस्कृत

इटहरी : सहकारीखबर डटकमका प्रदेश नं. १ प्रतिनिधि प्रकाश बञ्जरा ‘उत्कृष्ट सञ्चारकर्मी पुरस्कार-२०७८’ बाट पुरस्कृत भएका छन् ।

इटहरी–१६, सुनसरी स्थित किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार यस वर्ष बञ्जरालाई प्रदान गरेको हो । उनी प्रदेश पोर्टल डट कमका कार्यकारी सम्पादक समेत हुन् ।

आईतबार संस्थाको २७ औं स्थापना दिवसको अवसर पारेर उक्त पुरस्कार प्रदान गरिएको हो । प्रदेश सहकारी रजिष्ट्रार हरिबहादुर खत्री र संस्थाका अध्यक्ष सालिकराम ढकालले सम्मान पत्र र नगद प्रदान गरेका थिए ।

सहकारीले समुदायको आर्थिक तथा सामाजिक रुपान्तरणमा गरेको योगदानलाई सञ्चार माध्यमबाट सम्प्रेषण गरी सहकारीको शाख वृद्धिमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै पुरस्कृत गरिएको संस्थाले जनाएको छ ।

बञ्जरा विगत १५ वर्षदेखि आर्थिक पत्रकारितामा क्रियाशिल छन् ।

अभिलेख

लोकप्रिय