सेञ्चुरी सहकारीको प्रथम साधारण सभा सम्पन्न, पहिलो वर्षमै उल्लेख्य मुनाफा

काठमाडौं : ‘आजको बचत, भोलीको प्रतिफल’ भन्ने मुल नाराका साथ स्थापित सेञ्चुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष योगेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा शनिबार सम्पन्न साधारण सभामा सहकारी अभियन्ता तथा रोयल बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्ध निर्देशक सिताराम काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । सञ्चालनको पहिलो वर्षमै उल्लेख्य मुनाफा आर्जन गर्न संस्था सफल भएको छ ।

टोखा नगरपलिकाको सहकारी कार्यविधि ऐन, २०७५ अन्तर्गत २०७७ सालमा स्थापित यस संस्थाको केन्द्रीय कार्यालय टोखा नगरपालिका–९, गोंगबुमा रहेको छ । संस्थाले पहिलो वर्षमै ३ लाख ६३ हजार ५ सय ७२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन लगायतका प्रतिवेदनहरु पारित गरेको छ ।
आर्थिक वर्ष २०७८/०७९ को अषाढ मसान्तसम्म संस्थाको सेयर पुँजी ७८ लाख २४ हजार रुपैयाँ रहेको छ । त्यस्तै निक्षेप संकलन १ करोड १२ लाख ३७ हजार ५ सय २० रुपैयाँ रहेको संस्थाका अध्यक्ष योगेन्द्र कुमार श्रेष्ठले जानकारी गराए । संस्थाले कारोबार सुरु गरेको पहिलो वर्षमै उल्लेख्य मुनाफा आर्जन गर्न सफल भएको बताउँदै अध्यक्ष श्रेष्ठले सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा संस्था सधै क्रियाशिल रहने प्रतिवद्धता जनाए । सदस्यहरुको साथ र सहकार्यले आगामी दिनमा संस्थाले थप उचाई हासिल गर्ने समेत अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा प्रमुख अतिथि सिताराम काफ्लेले वित्तीय कारोबार सँगै उत्पादनमुलक काम गर्न संस्थालाई आग्रह गरे । संस्थाले पहिलो वर्षमै आफूलाई अब्बल सहकारीको रुपमा स्थापित गरेको बताउँदै सदस्यहरुलाई ढुंक भएर कारोबार गर्न समेत उनले आग्रह गरे । गरिबी र बेरोजगारी घटाउन कृषिलाई व्यवसायिकरण गर्नुको विकल्प नरहेको समेत उनले बताए ।
कार्यक्रममा उत्कृष्ट सेयर सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट ऋणीलाई समेत सम्मान गरिएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार