जनउत्थान सहकारीले सदस्यलाई १६ प्रतिशत सेयर लाभांश दिने
रुपन्देही : जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
विभिन्न १० वटा सेवा केन्द्रमा कार्तिक १ देखि ३ गतेसम्म सम्पन्न भई कार्तिक ५ गते (शनिबार) संस्थाको केन्द्रिय कार्यालय कोटिहावाको अन्तिम निर्णय प्रमाणित सभा गरी सम्पन्न भएको हो । उक्त सभाबाट सदस्यहरुलाई १६ प्रतिशत शेयर लाभान्स दिने निर्णयसहित सभा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्ष २०७८/७९ को १०.११ करोड शुद्ध मुनाफा सहितको आय व्यय विवरण र आगामी आर्थिक वर्ष २०७९/८० मा १२.३४ करोड शुद्ध मुनाफा र ३६३ करोड कुल वासलात पु¥याउने लक्ष्य सहितको अनुमानित आय व्यय र्सबसम्मत पारित गरेको छ । संस्थामा हाल ७८ जना कर्मचारीहरु कार्यरत छन् भने रुपन्देही जिल्ला भरिको विभिन्न जम्मा १४ वटा ठाउँबाट सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
३१ जनाले सय/सय रुपैयाँ उठाएर बाग्लुङ सामुदायिक संस्थाबाट शुरु भई २०६२ पौष १ गते जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. को रुपमा दर्ता भएको थियो । हालसम्म जनउत्थान साकोस, पहुँच महिला साकोस, गौमुखि साकोस, बुद्ध बहुउद्देश्यीय सहकारी, पटाकसार साकोस, सुदृढ साकोस र सगोल महिला साकोस गरी हालसम्म ७ वटा सहकारीहरु एकिकरण भैसकेको छ । करिब ३८ हजार ३ सय सदस्यहरुबाट करिब ३ अर्ब १० करोड पुजी संकलन गर्न संस्था सफल भएको छ ।
साधारण सभामा लुम्बिनी खबर पत्रिकाका सम्पादक कमल रायमाझीलाई यस वर्षको जनउत्थान पत्रकारिता पुरस्कार-२०७९ बाट सम्मान गरिएको छ । संस्थाका अध्यक्ष ज्ञानु पौडयालको अध्यक्षता र तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँडको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार