को-अपरेटिभ म्यानेजर्स क्लब, कास्कीको अध्यक्षमा पुनः अपिल कोइराला
पोखरा : को-अपरेटिभ म्यानेजर्स क्लब, कास्कीको पाँचौं वार्षिक साधारणले अपिल कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
कार्य समितिको उपाध्यक्षमा हरिप्रसाद पन्थी, सचिवमा मोहनप्रसाद अधिकारी, कोषाध्यक्षमा विष्णुप्रसाद अधिकारी र सह-सचिवमा सन्तोष रानाभाट तथा सदस्यमा निरु थापा, प्रेमसागर अधिकारी, नितास गुरुङ, शंकरप्रसाद पौडेल, दीपक थापा र बेगनाथ पौडेल रहेका छन् ।
क्लबका अध्यक्ष अपिल कोइरालाको अध्यक्षतामा सम्पन्न त्यस साधारण सभामा सोही क्लबका संस्थापक अध्यक्ष मिलन ढकाल र पूर्व अध्यक्ष डम्बरसिंह बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै मुलुकको आर्थिक तथा सामाजिक क्षेत्र महत्वपूर्ण योगदान पुर्याइरहेको सहकारीको विकास र प्रवर्द्धनमा राज्यका नियामक निकाय र सहकारी अभियान मिलेर अगाडि बढ्नु पर्ने जनाए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
