सगुन सहकारीका प्रमुखमाथि गोली प्रहार गरेको अभियोगमा ४ जना पक्राउ
सर्लाही : बागमती नगरपालिका–१ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र प्रमुख साजन कार्कीमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनजना भारतीय छन् भने एक जना नेपाली रहेका छन् ।
रकम लुटपाट गर्ने उद्देश्यका साथ सहकारी प्रमुखमाथि गोली प्रहार गरी भागेका तीन जनालाई प्रहरीले नेपाल–भारत सीमाबाट बुधबार राती पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यका १९ वर्षीय आलोक सिंह, १९ वर्षीय सौरभकुमार यादव र १९ वर्षीय गुलसन कुमार सिंह रहेका छन् । घटनाको मुख्य योजनाकार एवं सहयोगी सर्लाहीको धनकौल गाउँपालिका–१ का ३२ वर्षीय डिजे भन्ने धीरेन्द्र सहनीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान घटना पश्चात प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको टोलीले बलरा नगरपालिका ७ गडहियास्थित एक घरमा लुकीछिपी बसेको अवस्थामा चारै जनालाई नियन्त्रणमा लिएको हो ।
कार्कीको दाहिने पाखुरा, दाहिने कोखा, बायाँ कोखा र दाहिने तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ । गोली लागेर गम्भीर घाइते भएका कार्कीको काठमाडौंमा उपचार भैरहेको छ । उनी हाल खतरामुक्त अवस्थामा रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार