आज ७४औं अन्तर्राष्ट्रिय बचत तथा ऋण सहकारी दिवस
काठमाडौं : आज अक्टोबर महिनाको तेस्रो बिहीबार अर्थात् ७४औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे (अन्तर्राष्ट्रिय बचत तथा ऋण सहकारी दिवस) । विश्वभर विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे मनाइँदैछ ।
विश्व ऋण परिषद्, क्रेडिट युनियन काउन्सिल र क्रेडिट युनियन नेशनल एसोसिएसनद्वारा यो दिवसलाई क्रेडिट युनियनकर्मीहरु एक ठाउँमा भेला भएर यसलाई विश्वव्यापी दिवसको रुपमा मनाउन आव्हान गरेका छन् । नेपालमा पनि बचत तथा ऋण सहकारी संस्था, जिल्ला बचत संघहरु र केन्द्रीय बचत संघले विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाउने गर्दछन् ।
यस वर्षको क्रेडिट युनियन डे को नारा ‘क्रेडिट युनियनसँग तपाईको वित्तीय भविष्य सशक्त बनाउनुहोस’ भन्ने तय गरेको छ ।
कोभिड १९ संक्रमण जोखिमसँगै आर्थिक मन्दीबाट उन्मुक्तिका लागि र सहकारीका सदस्यहरुको वित्तीय भविष्य सुनिश्चित गर्न क्रेडिट युनियनको महत्वपूर्ण योगदान रहने भाव नारामा अन्तर्निहित छ । यो दिवस सन् १९४८ देखि अक्टोबरको तेस्रो बिहीबार मनाइँदै आएको छ ।
यस दिवसको अन्तिम लक्ष्य भनेको क्रेडिट युनियनहरु र अन्य वित्तीय सहकारीहरुले विश्वभर गरिरहेका कामहरुको बारेमा चेतना जगाउन र सदस्यहरुलाई राम्रा कामहरुप्रति उत्प्रेरित गर्नु र कामका लागि अवसर दिनु रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार