तरलता संकट थेग्न नसकेपछि पोखराको सूर्यदर्शन सहकारी बन्द
२०७९ असोज ३१, सोमबार
कास्की : पोखरा स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले कारोबार बन्द गरेको छ । पछिल्लो समय संस्थामा तरलता संकट देखिएको र उक्त संकट थेग्न नसकेपछि संस्था बन्द भएको हो ।
संस्थाले आईतबार (असोज ३० गते) सूचना जारी गर्दै संस्थाको सम्पूर्ण कारोबार पूर्ण रुपमा बन्द गरेको हो । विगत लामो समयदेखि सदस्यको बचत फिर्ता गर्न संस्थाले सकेको छैन । संस्थाले वार्षिक साधारण सभा तिहारपछि गर्ने कार्यक्रम तय गरेको थियो । साधारण सभापछि कारोबार खुला गर्ने योजना संस्थाको छ । तर, साधारण सभाको मिति भने संस्थाले उल्लेख गरेको छैन ।
संस्थाले कारोबार बन्द गरेसँगै सदस्यहरुको रुवाबासी चलेको छ । अधिकांश सदस्यको सम्पर्कमा संस्थाका सञ्चालक नरहेको बुझिएको छ ।
सदस्यबाट उठाएको बचत केही निश्चित व्यक्तीहरुको चलाएका कारण संस्था संकटमा गएको बुझिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार