मेगा ड्रिम सहकारीको १२औं वार्षिक साधारण सम्पन्न, कुल वासलात २ अर्ब २५ कराेड
काठमाडौं : मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.वी. उप्रेतीको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष महाशंकर रेग्मीको अध्यक्षतामा शुक्रबार सभा सम्पन्न भएको हो ।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि उप्रेतीले सहकारी संस्थाहरुबीच एकीकरण भए संस्थागत पुँजी र वित्तीय संरचना बलियो हुन गई तरलता अभाव र आर्थिक मन्दी जस्ता अवस्थाको सहजै सामना गर्न सकिने हुँदा एकिकरणमा जान जोड दिए । बैंक तथा वित्तीय संस्थाले व्याजदरमा अस्वाभाविक वृद्धि गर्दा त्यसको प्रभाव सहकारी संस्थाहरुमा परेकाले तरलता व्यवस्थापनमा अहिले कठिनाइ देखिएको उनले बताए ।
सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष रेग्मीले ‘स्वस्थ, व्यवसायिक र उत्कृष्ट मेगाड्रिम’ को परिकल्पनाकासाथ सहकारीका मुल्यमान्यता तथा सिद्धान्तलाई आत्मसात गर्दै संस्था अघि बढेको बताए । सदस्यहरुको आर्थिक, सामाजिक एवं साँस्कृतिक उन्नयनका लागि संस्थालाई दीगो, दरिलो र सबल बनाउन संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाई छ । कोभिड १९ महामारीको जटिलतासँगै युरोपको युद्धका कारण विश्वको अर्थतन्त्रमा नै उतारचढाव आएकाले त्यसको प्रभाव नेपालको सबै क्षेत्रमा परेको उनले जनाए । त्यसबाट सहकारी क्षेत्र पनि अछुतो नरहेको उनको भनाई छ । गत आ.व.को शुरुवात देखिनै वित्तीय क्षेत्रमा तरलता व्यवस्थापनमा असहज अवस्था सिर्जना हुँदा त्यसले सहकारी संस्थाहरुमा समेत प्रभाव पार्दा पुँजी तथा बचत संकलन, ऋण असुली जस्ता कार्यहरुमा समेत कठिनाइ परेको उनले उल्लेख गरे ।
संस्थाले सम्पत्ति शुद्दिकरण निर्देशिका, केवाइएम अद्यावधिक, कारोबार तथा शंकास्पद कारोबार प्रतिवेदन, कोपोमिस कार्यान्वय जस्ता विषयलाई पूर्ण पालना गरेको र समयसमयमा नियामक निकायलाई विवरण अपडेट गर्दै आएको उल्लेख गरे ।
संस्थाले सदस्यहरुलाई समयसापेक्ष सेवा दिन मोबाइल बैंकिङ, क्युआर कोड स्क्यान, फण्ड ट्रान्सफर जस्ता सुविधा प्रदान गर्दै आएको उनले जनाए ।
संस्थाक सचिव तथा प्रबन्ध सञ्चालक इन्द्रप्रसाद गेलालले चालु आ.व. २०७९/०८० को नीति, अनुमानित बजेट तथा कार्ययोजना सभामा प्रस्तुत गरेका थिए । विभिन्न समयमा देखा परेका महामारी र युद्ध जस्ता कुराले हरेक क्षेत्रमा प्रतिकूल प्रभाव पार्दा वित्तीय प्रणालीमा तरलता चाप परेको उल्लेख गर्दै उनले आर्थिक बजार र समग्र अर्थतन्त्रमा देखिएको संकटका कारण आम मानिसमा सहकारीप्रति विश्वासको संकटले बचत फिर्ताको अस्वाभाविक चाप पर्दा तरतला व्यवस्थापन गर्न हम्मेहम्मे परेको जनाए ।
यस आर्थिक वर्षमा संस्थाले स्वास्थ्य शिविर, घरदैलो कार्यक्रम, सदस्य भेटघाटका साथै स्वरोजगारमुलक कौशी खेती, महिला उद्यमशीलता, कर्मचारी क्षमता विकास, पल्र्स विश्लेषण तथा ऋण विश्लेषण जस्ता शीर्षकमा तालिम आयोजना गरिने उनले जनाए । यस आ.व. मा शेयरसदस्य तथा शेयर रकम वृद्धि, निक्षेप वृद्धिका लागि नीति तथा कार्यक्रम, ऋण लगानी र ऋण असुलीका नीति बनाइ लागु गर्ने उनले उल्लेख गरे ।
सभामा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक उमाकान्त न्यौपानले आ.व. २०७८/०७९ को असार मसान्तसम्म १० हजार ६४१ शेयरसदस्य बाट १६ करोड ४५ लाख शेयरपुँजी संकलन भएको बताए । त्यसैगरी सोही अवधिमा १ अर्ब ७५ करोड बचत संकलन, २ अर्ब ३ करोड १२ लाख ऋण लगानी, जगेडा तथा अन्य कोषमा ५ करोड ५२ लाख, कर्जा जोखिम कोषमा ९ करोड २८ लाख, स्थिर सम्पत्ति २ करोड ३८ लाख गरी कुल कारोबार २ अर्ब २५ करोड ९२ लाख पुगेको जनाए ।
सभाले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, चालु आ.व.को नीति, अनुमानित बजेट एवं कार्ययोजना, लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाहरुबीच एकिकरण, संस्थाको नाममा रहेको सम्पत्ति विक्री तथा खरिद जस्ता विषयमा छलफल गरी अनुमोदन गरेको छ ।
संस्थाले सात वटा सेवा केन्द्र र ११२ जना कर्मचारीमार्फत सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । संस्थाले विभिन्न २४ प्रकारका बचत योजना अघि सारेर सदस्यहरुबाट बचत संकलन गर्ने गरेको छ भने व्यवसायिक, सामुहकि, व्यक्तिगत, वैदेशिक रोजगा, हायरपर्चेज, अल्पकालिन, सहुलियत, कृषि र लघु कर्जा शीर्षकमा सदस्यहरुमा ऋण प्रवाह गर्दै आएको छ ।
सभामा काठमाण्डौ जिल्ला बहुउेद्दश्यीय सहकारी संघका अध्यक्ष मनोज थापा लगायतका विभिन्न संघ/संस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार