गर्भदेखि स्वर्गसम्म विकू बचत
गैंडाकोट, नवलपुर : सोमबारबाट सुरु भएको विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३औं वार्षिक साधारण सभा (इकाई केन्द्र–२) रजहरमा सम्पन्न भएको छ ।
संस्थाको इकाई केन्द्र १ अन्तर्गत साधारण सभा डण्डाबजार थारु राष्ट्रिय सङ्ग्राहलय परिसरमा भएको थियो ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष ओम प्रसाद सापकोटाले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष यमुनाथ आचार्यज्यूले गरेका थिए । कार्यक्रममा गत वर्षको प्रगति प्रतिवेदन र चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम संस्थाका सचिव प्रेम प्रसाद सापकोटाले प्रस्तुत गरेका थिए भने गत वर्षको आर्थिक विवरण र चालु वर्षको लागि वार्षिक वजेट संस्थाका कोषाध्यक्ष कालीदास गौडेलले प्रस्तुत गरेका थिए ।

त्यसैगरी लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन संयोजक कमल सुवेदीले प्रस्तुत गरेका थिए भने पूर्व अध्यक्ष एंव संचालक समिति सदस्य ईन्द्रराज ज्योती पौडेलले जगेडाकोषको बारेमा सदस्यहरुलाई जानकारी गराउनु गराएका थिए ।
कार्यक्रममा संचालक समिति, विभिन्न उप–समितिका पदाधिकारीहरु र शेयर सदस्यज्यूहरुको उल्लेखिय उपस्थिति रहेको थियो । कार्यक्रममा वर्षभरि विभिन्न वित्तिय तथा गैर वित्तीय कार्यक्रममा संलग्न हुने उत्कृष्ट सदस्य तथा संघ संस्थालाई पुरस्कार वाट सम्मानीत पनि गरिएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख अधिकृत माधव प्रसाद पौडेलले गरेका थिए ।
एकलाख बढी सदस्यको खुसी र स्वास्थ्य, गर्भदेखि स्वर्गसम्म, प्रविधि उन्मुख भरपर्दो सहकारीको रुपमा विकू अघि बढेको संस्थाका सचिव प्रेमप्रसाद सापकोटाले बताए । संस्थाले गत आर्थिक वर्षमा २ सय १६ जना सेयर सदस्यका परिवारलाई २५ हजार रुपैँयाका दरले रकम प्रदान गरिएको, ४ सय २६ जनालाई लठ्ठी, ५ सय ९७ जनालाई पोसिलो आहार, ६ सय २० जना महिलालाई सुत्केरी सहयोगी सुविधा प्रदान गरेको थियो । वित्तिय संस्थामा तरलताको अभाव, विदेशी मुद्रा सञ्चिति घट्दै गयो र समग्र अर्थतन्त्रमाथि ठूलो दबाब सिर्जना हुँदा पनि विकू सदस्यमुखी नै रहेको सापकोटाले बताए ।
कोषाध्यक्ष कालिदास गौडेलले गत आर्थिक बर्षमा विकूले २८ करोड ९३ लाख ६ हजार सञ्चालन मुनाफा भएको बताए । गत आर्थिक वर्षमा विकूमा ९४ करोड ५५ लाख ४७ हजार आम्दानी र ६५ करोड ६२ लाख ४१ हजार खर्च भएको गौडेलले बताए । विकूको कूल सम्पत्तिमा ११ प्रतिशतले बृद्धि भइ ८ अर्ब ६४ करोड ७० लाख ३६ हजार पुगेको छ । विकूको शेयर पुँजी ९० करोड ९३ लाख १६ हजार पुगेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार