२२ भदौ २०८३, सोमबार

विकू बचतको ३३औं साधारण सभा इकाई केन्द्र–१ सम्पन्न

२०७९ असोज २५, मङ्गलबार
विकू बचतको ३३औं साधारण सभा इकाई केन्द्र–१ सम्पन्न

गैंडाकोट, नवलपुर

विकू बचत तथा ऋण सहकारी संस्थाको ३३औं वार्षिक साधारण सभा (इकाइ केन्द्र–१) सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष ओम प्रसाद सापकोटाको अध्यक्षता सम्पन्न इकाइ केन्द्र–१ को साधारण सभा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष यमुनाथ आचार्यले गरेका थिए ।

कार्यक्रममा गत वर्षको प्रगति प्रतिवेदन र चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम संस्थाका सचिव प्रेम प्रसाद सापकोटाmे प्रस्तुत गरेका थिए भने गत वर्षको आर्थिक विवरण र चालु वर्षको लागि वार्षिक वजेट संस्थाका कोषाध्यक्ष कालीदास गौडेलले प्रस्तुत गरेका थिए ।

त्यसैगरी लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन संयोजक कमल सुवेदीले प्रस्तुत गरेका थिए भने पूर्व अध्यक्ष एंव संचालक समिति सदस्य ईन्द्रराज ज्योती पौडेलले जगेडाकोषको बारेमा सदस्यहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा संचालक समिति, विभिन्न उप–समितिका पदाधिकारीहरु र शेयर सदस्यज्यूहरुको उल्लेखिय उपस्थिति रहेको थियो । कार्यक्रममा वर्षभरि विभिन्न वित्तिय तथा गैर वित्तीय कार्यक्रममा संलग्न हुने उत्कृष्ट सदस्य तथा संघ संस्थालाई पुरस्कार वाट सम्मानीत पनि गरिएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख अधिकृत माधव प्रसाद पौडेलले गरेका थिए ।

अभिलेख

लोकप्रिय