२२ भदौ २०८३, सोमबार

आफ्नै भवनमा सामुहिक साकोस, रजत वर्ष लोगो लोकार्पण

२०७९ असोज २४, सोमबार
आफ्नै भवनमा सामुहिक साकोस, रजत वर्ष लोगो लोकार्पण

भक्तपुर : सामूहिक साकोस भक्तपुरको २५औं स्थापना दिवस (रजतवर्ष) को अवसरमा संस्थाको नयाँ भवनबाट कारोवार शुभारम्भ भएको छ ।

भक्तपुर नगरपालिका-३, बोलाछें स्थित संस्थाको नव निर्मित भवनमा संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापत्विमा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष राजेश बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ र संस्थाका अध्यक्ष राजोपाध्यायले खुत्रुकेमा पैसा जम्मा गरेर संयुक्त रुपमा कारोबार शुभारम्भ गर्नुका साथै संयुक्त रुपमा रजत वर्ष लोगो लोकार्पण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले संस्था स्थापना कालका कठिन यात्राहरुका विषयमा जानकारी गराए । एक हजार रुपैयाँबाट शुरु भएको कारोवार २५औं स्थापना सम्म आइपुग्दा ७२ करोडको हाराहारीसम्म आइपुगेको गर्वको विषय रहेको बताए । संस्थाको उपलब्धीको लागि संस्थामा आबद्ध सबै सदस्यहरुलाई धन्यबाद समेत दिए ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै संस्थाका उपाध्यक्ष तथा रजत वर्ष मूल समारोह उपसमितिका संयोजक राजाभाई भेलेले रजतवर्षको उपलक्ष्यमा २०७९ असोज २३ गतेदेखि आउने २०८० सालमा सम्पन्न हुने २५औं साधारणसभासम्म विविध कार्यक्रम सहित मनाउने तालिका प्रस्तुत गरेका थिए ।

साविकका ३ वटा संस्था (साविक सामूहिक साकोस, साविक बुद्ध साकोस र साविक समता साकोस) बीच एकीकरण पश्चात एकीकृत सामूहिक साकोस बनेको हो । सोही सन्दर्भमा साविक बुद्ध साकोसको तर्फबाट चन्द्रकुमार तामांगले र साविक समता साकोसको तर्फबाट चन्द्रलाल भोमीले २५औं स्थापना दिवस (रजतवर्ष) सफलताका शुभकामना व्यक्त गरेका थिए ।

लेखा सुपरीवेक्षण समिति नित्यनाथ श्रेष्ठ, संस्थापक सदस्य सहित ३८ जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा कारोबार शुभारम्भ अन्तर्गत शेयर सदस्यहरुबाट १६ लाख ४४ हजार ७ सय बचत संकलन गरी संस्थामा दाखिला गरेको थियो भने आगामी असोज २९ गते सम्म निःशुल्क सदस्यता वितरण गरिने कुरा पनि रजतवर्ष मूल समारोह उपसमिति संयोजकले बताए । उक्त कार्यक्रमको संचालन संस्थाका सचिव कृष्णहरि सैंजुले गरेका थिए ।

अभिलेख

लोकप्रिय