२२ भदौ २०८३, सोमबार

प्राइम सहकारीको चौथो सेवा केन्द्र नयाँपुलमा

२०७९ असोज ११, मङ्गलबार
प्राइम सहकारीको चौथो सेवा केन्द्र नयाँपुलमा

कास्की : पोखरा-४, गैह्रापाटनमा प्रधान कार्यालय रहेको प्राइम सहकारी संस्थाले अन्नपूर्ण गाउँपालिका-५, नयाँपुलमा चौथो सदस्य सेवा केन्द्र विस्तार गरेको छ ।

संस्थाले दसैंको पहिलो दिन घटस्थापनाको अवसरमा सोमबार सेवा केन्द्रको शुभारम्भ गरेको छ । सेवा केन्द्र शुभारम्भ कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर के.सी., वडा अध्यक्षहरु, कर्मचारी, ग्राहक लगायतको उपस्थिती थियो ।

No description available.

सेवा केन्द्रको शुभारम्भ पाँच जना कन्याले रिवन काटेर गरेका थिए । यस अघि संस्थाले लेखनाथको तालचोक र बगरमा सेवा केन्द्र विस्तार गरेको थियो ।

कस्की, तनहुँ र गोरखा जिल्ला कार्यक्षेत्र रहेको सहकारीले सेवामुखी कार्यमा अगाडि बढिरहेको र कृषितर्फ बाख्रापालन व्यवसायमा सक्रिय छ । सहकारीले एटिएम, मोबाइल बैकिङ लगायतका आधुनिक बैकिङ सेवा पनि सदस्यलाई प्रदान गरिरहेको छ ।

No description available.

अभिलेख

लोकप्रिय