बिन्धवासिनी साकोसको २९ औं साधारण सभा सम्पन्न, अध्यक्षमा शान्तकुमार श्रेष्ठ
काभ्रे : काठमाडौं, काभ्रेपलाञ्चोक र भक्तपुर (सूर्यविनायक नगरपालिका) जिल्लालाई कार्य क्षेत्र बनाई सदस्य, समुह र समुदायमा आधारित बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाले असोज ७ र ८ गते दुई चरणमा ७ वटा ईकाइमा गरी सोमबार साधारण सभाको समापन एवं निर्णय प्रमाणिकरण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम बागमती प्रदेश, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव बलराम निरौलाको प्रमुख आतिथ्यता रहेको थियो ।
समापन कार्यक्रममा प्रमुख अतिथि निरौलाले बिन्धबासिनी साकोस नेपालमा सहकारी प्रति रहेको बुझाईलाई परिर्वतन गर्न महत्वपूर्ण भुमिका खेलेको बताए । सहकारी नाफामा मात्र केन्द्रित नभई सामाजिक र सामुदायिक क्रियाकलापलाई विशेष जोड दिनुपर्ने, सदस्यको जिविकोपार्जन, आर्थिक स्तर बृद्धिका लागि योजना बनाई कार्य गर्नुपर्नेमा उनको भनाइ थियो । संस्थाले सदस्यलाई व्यवसायिकतामा जोड दिन आगामी रणनीतिमा समावेश गर्न उनले सुझाए । सहकारी संस्थाले वित्तिय अवस्थालाई अनुशरण अनिवार्य गर्न सकेमा सहकारी कहिल्यै संकटमा नजाने हुनाले बिन्धवासिनी जस्तो नमुना सहकारीले अन्य सहकारीलाई समेत आवश्यक समन्वय प्राविधिक तथा सिप प्रदान गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रमका नेफ्स्कुनका महासचिव दामोदर अधिकारीले बिन्धवासिनी हाल मात्र नभई सहकारी अभियानमा विगतदेखि नै पाठशालाको रुपमा परिचित रहि आएको र यसले सामुदायिक स्तरमा महत्वपूर्ण योेगदान पु¥याउन सफल भई सहकारी अभियानमा ठुलो भुमिका खेलेको बताए ।
कार्यक्रममा सहकारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज खड्का, बागमती प्रदेश बचत तथा ऋण सहकारी संस्था संघ लि, जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ, पत्रकार महासंघ लगायएत विभिन्न सहकारी संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा विभिन्न समिति उपसमिति, कर्मचारी एवं साधारणसभा निर्णय प्रमाणिकरणका लागि प्रतिनिधित्व गर्ने सदस्यहरुको सहभागिता रहेको थियो ।
संस्थाले पहिलो चरणमा असोज ७ गते बनेपा, पाँचखाल, भकुण्डे र बानेश्वर क्षेत्रमा सम्पन्न भएको गरेको छ । बनेपा क्षेत्रमा संस्थाका अध्यक्ष प्रदिप थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख विमला शर्मा दाहालको प्रमुख आतिथ्यता रहेका थियो भने पाँचखाल क्षेत्रमा संस्थाका उपाध्यक्ष भिमसेन प्रसाद सापकोटाको अध्यक्षतामा पाँचखाल नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष सिताराम ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । भकुण्डे क्षेत्रमा संस्थाका कोषाध्यक्ष शान्त कुमार श्रेष्ठको अध्यक्षता एवं पाँचखाल नगरपालिका नगर प्रमुख कुनसाङ लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ भने बानेश्वर क्षेत्रमा संचालक समितिका सदस्य राजेन्द्र प्रसाद गुरागाईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
त्यसैगरी दोस्रो चरणको कार्यक्रम अन्र्तगत असोज ८ गते खोपासी, पनौती र ढुंखर्क क्षेत्रमा २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको थियो । खोपासी क्षेत्रमा संस्थाका उपाध्यक्ष भिमसेन प्रसाद सापकोटाको अध्यक्षतामा पनौती नगरपालिकाका उपप्रमुख गिता बन्जाराको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ भने पनौती क्षेत्रमा संस्था अध्यक्ष प्रदिप थापाको अक्ष्यक्षतामा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । त्यसैगरी ढुंखर्क क्षेत्रमा संस्थाका कोषाक्ष्यक्ष शान्तकुमार श्रेष्ठको अध्यक्षता एवं बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको थियो ।
उक्त दुई चरण कार्यक्रममा संस्थाले संस्थाको २०७८/०७९ प्रगति प्रतिवेदन, आ.व. २०७९/८० को संशोधित र २०८०/८१ को प्रस्तावित कार्यक्रम, आ.व. २०७८/०७९ को संचालक समितिको कोषाध्यक्षबाट प्रस्तुत आर्थिक प्रतिवेदन तथा चालु आ.व. २०७९/८० को संशोधित र आगामी आ.व. २०८०/८१ को प्रस्तावित बजेट तथा कार्यक्रम, आ.व. २०७८/०७९ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, आ.व. २०७८÷०७९ को वार्षिक लेखा परीक्षण प्रतिवेदन, २०७८/०७९ को शेयर लाभांश तथा संरक्षित पूँजी फिर्ताकोषको वितरण, संस्था एकीकरण, आ.व. २०७९/०८० को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक, विनियम तथा नियमावली र कार्यविधि संशोधन लगायत विविध विषयमा छलफल गरी क्षेत्रगत निर्णय गरिनुका साथै सो क्षेत्रबाट अन्तिम निर्णय प्रमाणिकरणका लागि सोही सभाबाट क्षेत्रगत प्रतिनिधि तोकी १० गते प्रमाणिकरण सभा एवं नवनिर्वाचित संचालक र लेखा तथा सुपरिवेक्षण समितिलाई पदस्थापन गर्ने जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत के.बि लामा दिए ।

साथै संस्थाको असोज ६ गते सम्ममा संस्थामा २१४५ वटा समूह, ४६३२१ जना सदस्य, ९१०१ जना शैक्षिक बाल बचतकर्ता सहित कूल ५५४२२ जना सेवाग्राहीलाई सेवा प्रदान गरी शेयर पूँजी रु. ४५,०४,३५,८००।०० बचत रकम रु २,९८,३३,२५,६६३।००, लगानीमा रहेको रकम रु. ३,५७,१६,७४,५५०।७६ पुगी कूल कारोबार रु ४,४३,५६,४७,८३७।५१ गर्न सफल भएको समेत प्रमुख कार्यकारी अधिकृत लामाले जानकारी दिए ।
साधारण सभाले १५ प्रतिशत शेयर लाभांस र संरक्षित पूँजी कोष फिर्ताबाट वचत तर्फ १.५ प्रतिशत र ऋण तर्फ १ प्रतिशत विवरण प्रस्ताव पारित गरेको छ । साधारण सभाले आगामी ४ वर्षे कार्यकालको लागि शान्तकुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय संचालक समिति र रामकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिमा निर्विरोध निर्वाचित गरेको थियो ।
नव निर्वाचित संचालक समितिको उपाध्यक्ष रामहरि शर्मा तिमल्सिना, सचिव डोरेन्द्रराज सापकोटा, कोषाध्यक्ष भिमबहादुर खत्री र सदस्यहरुमा लोकदर्शन कर्माचार्य, पुनम घिमिरे, अर्जुन खनाल, केशव थापा, गणेशप्रसाद पराजुली, प्रकाशबहादुर कायस्थ, बुद्धिमाया तामाङ, सुनिता धिताल र जमुना खड्का रहेका छन् । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको सदस्यमा विदुर थापा र सिद्धिलक्ष्मी पोते चयन भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार