चार्डपर्व आयो, शिखर सहकारीका सदस्यले छुट सुविधा पायो
बिर्तामोड : शिखर बचत तथा ऋण सहकारी संस्था, विर्तामोड-४, ले आफ्ना सदस्यहरुलाई चार्डपर्वको अवसरमा छुट सुविधा दिन विभिन्न व्यवसायहरुसँग सम्झौता गरेको छ ।
चार्डपर्व नजिकिँदै गर्दा सदस्यहरुको किनमेन पनि ज्यादा हुने साथै चार्डपर्वमा सामानहरुको मुल्य पनि बढि हुने हुँदा विर्तामोडमा रहेका अन्तर्राष्ट्रिय ब्राण्ड तथा चलेका व्यवसायिक संस्थाहरु संस्थाले छुट सम्झौता गरेको हो । गुणस्तरिय सामान सुपथ मुल्यमा सदस्यहरुले पाउनुहोस् भन्ने चाहना अनुरुप छुट सुविधाको योजनामा सम्झौता गरेको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले बताए । चार्डपर्वमा बढी किनमेल गरिने लत्ता कपडा, जुत्ता चप्पल भएको हुँदा गुणस्तरिय उत्पादन रहेका कम्पनीसँग सहकार्य गरेको छ ।
सम्झौता अनुसार केटिएम जिन्सको सिटी सेन्टर स्थित सोरुममा सामान खरिदमा २० प्रतिशतसम्म छुट, केल्मी कम्पनीको भद्रपुर रोडमा रहेको सोरुममा १० देखि ३० प्रतिशत सम्म छुट सुविधा सदस्यले पाउने छन् । त्यस्तै इर्की कम्पनको हनुमान सेन्ट्रलमा रहेको सोरुममा २० प्रतिशत छुट, पिक कम्पनीको हनुमान सेन्ट्रलमा रहेको सोरुममा २० प्रतिशत छुट, क्यालिवर सुजको शनिश्चरे रोडमा रहेको सोरुममा १० प्रतिशत सम्म छुट, पुजाज कलेक्सनको काकडभिट्टा रोडमा रहेको सोरुममा ५ देखि १० प्रतिशतसम्म छुट पाउने छ ।
त्यस्तै ड्रिम्स किड्स कलेक्सनको मेघा कम्प्लेक्स स्थित सोरुममा २० प्रतिशत छुट, इन स्टोर मेन्स वेयरको मेघा कम्प्लेक्स स्थित सोरुममा २० प्रतिशत छुट, सालासार मेचिङ सेन्टरको सोरुममा १० प्रतिशतसम्म छुट, हिल्स एण्ड टोइजको हनुमान सेन्ट्रलमा रहेको सोरुममा २० प्रतिशत छुट र सुज पेराडाइज हनुमान सेन्ट्रलमा रहेको सोरुममा २० प्रतिशतसम्म छुट उपलव्ध रहने अध्यक्ष राउते बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार