पाँच तारा साकोसको १५औं साधारण सभा सम्पन्न
काठमाडौं : पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भोला नाथ पाठकको अध्यक्षतामा सम्पन्न साधारण सभाले सञ्चालक समितिको विभिन्न प्रस्ताव उपर छलफल गर्दै सम्पन्न भएको हो ।
संस्थाका जेष्ठ सदस्य लक्ष्मण प्रसाद आचार्यले उद्घाटन गरेको साधारण सभामा सदस्यहरु, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमिति र कर्मचारीहरुको मात्र उपस्थिती थियो । यस पटक संस्थाले अतिथिहरु, शुभकामना मन्तव्य विनै साधारण सभा सम्पन्न गरेको हो । सहकारीको साधारण सभा सदस्यहरुको सभा भएका कारण सिधै एजेण्डा प्रवेश गरी छलफल गरिएको संस्थाका अध्यक्ष पाठकले जानकारी दिए ।

साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष भोला नाथ पाठकले प्रस्तुत ‘संस्थाको वार्षिक प्रतिवेदन-२०७९’, संस्थाका कोषाध्यक्ष श्री कुमार विमलीद्वारा प्रस्तुत आ.व.२०७८/०७९ को आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक सुशिल प्रसाईले प्रस्तुत गरेको प्रतिवेदन उपल छलफल गरी पारित गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा संस्थाको सेयर पुँजी ७ करोड ७८ लाख २५ हजार ३ सय रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षमा सेयर पुँजी ८ करोड १२ लाख ५६ हजार पुर्याउने लक्ष्य संस्थाले लिएको छ । त्यस्तै संस्थाको जगेडा कोषमा ५ करोड ५० लाख ४४ हजार ६ सय ३१ रुपैयाँ रहेको छ भने अन्य कोषमा ४ करोड ५२ लाख ८४ हजार ४ सय ४३ रुपैयाँ रहेको छ । त्यस्तै संस्थागत विकास कोषमा १ करोड ८ लाख ४६ हजार १ सय ६९ रुपैयाँ रहेको छ । संस्थाले यस वर्ष ५७ करोड ४१ लख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी ७३ करोड ९० लाख ६९ हजार कर्जा लगानी गर्न सफल भएको छ । संस्थाले २ करोड २४ लाख ९९ हजार ८ सय ७७ रुपैयाँ खुदमुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले सदस्यलाई १८ प्रतिशत लाभांश दिने प्रस्ताव समेत साधारण सभाले पारित गरेको छ ।
साधारण सभाको अवसरमा सदस्यहरुलाई सम्मान, राहत रकम हस्तान्तरण गर्नुका साथै ७० जना जेष्ठ सदस्यलाई दशैं खर्च प्रदान गरिएको थियो ।
सभामा सदस्यहरुको उत्साहजनक सहभागिता रहेको व्यवस्थापक राधा कडरियाले जानकारी दिइन् । संस्थाले यस वर्षबाट सदस्य राहत कार्यक्रम समेत शुरुवात गर्ने भएको छ । त्यसै अनुरुप संस्थाका संस्थापक सदस्य उर्वती घिमिरेको निधन भएकाले निजका परिवारजनलाई दश हजार रुपैया उपलब्ध गराइएको उनले बताइन् ।
चालु आ.व. मा संस्थाहरुबीच एकिकरण गर्ने, सेवा केन्द्र विस्तार गर्ने, पाँचतारा बचत खातामा सहभागि सदस्यहरुको लागि पेन्सन स्किमको कार्यविधि पारित गर्ने जस्ता लक्ष्य लिएको छ ।


अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार