प्रगती बहुउद्देश्यीय सहकारीमा ‘एम बैंक’को मोबाईल बैंकिङ सेवा
काठमाडौं : ललितपुर-३, पुल्चोक स्थित प्रगती बहुउद्देश्यीय सहकारी संस्थाले ‘प्रगती स्मार्ट एमबैंक एप’ सञ्चालनमा ल्याएको छ । संस्थाले १४ औं वार्षिक साधारण सभाको अवसर पारेर मोबाईल बैंकिङ सेवा सुरु गरेको हो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले मोबाईल बैंकिङ सेवाको शुभारम्भ गरेका हुन् । संस्थाले सदस्यको सुविधाका लागि ‘एम बैंक’सँगको सहकार्यमा मोबाईल बैंकिङ सेवा सुरु गरेको हो । ‘एम बैंक’ मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम सेवा प्रवाह गर्ने अग्रणी कम्पनी हो ।
अब संस्थाका सदस्यहरुले मोबाईल बैंकिङ सेवामार्फत ब्यालेन्स इन्क्वायरीदेखि युटिलीटी बिल भुक्तानी, बैंक ट्रान्सफर, सहकारी ट्रान्सफर, सरकारी भुक्तानी, QR Scan and Payment, इ-सेवाका युटिलिटी सर्भिसहरु लिन सक्नेछन् ।
संस्थाको आफ्नै मोबाईल बैंकिङबाट सदस्यहरुले बिजुलीको बिल भुक्तानी, खानेपानी महशुल, इन्टरनेट, टिभी महशुल, बीमाको प्रिमियम, हवाइ टिकटका साथै टपअफ र रिचार्ज गर्न सकिने संस्थाका अध्यक्ष चन्द्र कृष्ण श्रेष्ठले जानकारी दिए । सदस्यहरुलाई एप चलाउन, बुझ्न र डिजिटल भुक्तानी प्रक्रियामा जोडिन समेत उनले आग्रह गरे ।
एमबैंकले सहकारी संस्थालाई प्रदान गर्ने सेवा सहज र सुरक्षित रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले जानकारी दिए। एम बैंकको सेवा कुनै पनि बैंकले प्रदान गर्ने सेवा भन्दा कम नभएको उनको भनाई छ । कुनै पनि प्राविधिक जनशक्ति विना नै सहकारीलाई सजिलै प्रविधिमैत्री बनाई एमबैंकले सेवा प्रदान गर्ने महर्जनको भनाई छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार