मिलिजुली कालिञ्चोक सहकारीको २९औं साधारण सभा सम्पन्न, २८ विधामा सम्मान
दोलखा : चरिकोट स्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षता तथा भीमेश्वर नगरपालिका प्रमुख ईश्वर नारायण मानन्धरको प्रमुख आतित्थ्यतामा सभा सम्पन्न भएको हो । संस्थाले २०७९ साल भाद्र ३० गते बिहीबार पहिलो एकाई र २०७९ साल आश्विन ३ गते सोमबार दोस्रो एकाईको साधारण सभा सञ्चालन गरेको थियो । उक्त एकाईबाट निर्णय प्रमाणित गर्नको लागि आएका शेयर सदस्यहरु सम्मिलित सभा एवं २९ औं वार्षिक साधारण सभा आज (शनिबार) समापन गरिएको हो ।
साधारण सभा समापन कार्यक्रममा आ.व. २०७८/०७९ मा उत्कृष्ट कारोबार गर्ने नियमित बचतकर्ता शेयर सदस्य, जेष्ठ शेयर सदस्य, अशक्त शेयर सदस्य, पत्रकार, पुर्व सञ्चालक, पुर्व लेखा सुपरिवेक्षण समिति, उत्कृष्ट सेवा केन्द्र, उत्कृष्ट ऋण कारोबार गर्ने सदस्य, उद्यमी शेयर सदस्य, सेवा केन्द्र स्तरमा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यहरु, वर्ष उत्कृष्ट कर्मचारी, सेवा केन्द्र उत्कृष्ट कर्मचारी, पुर्व कर्मचारी गरी २८ बिधामा सम्मान, प्रशंसा तथा पुरस्कार बितरण गरेको छ ।

आ.व. २०७८/०७९ को अन्त्यमा संस्थाको कुल वासलात १ अर्ब २४ करोड ७५ लाख ६९ हजार ९ सय १५ रुपैयाँ पुगेको छ भने २४ हजार ९ सय ४७ जना शेयर सदस्य र ९ हजार २ सय ६२ जना बाल बचतकर्ता गरी कुल जम्मा ३३ हजार २ सय ९ जना बचतकर्ताहरु संस्थामा पुगेको छ ।
मिलिजुली कालिञ्चोक साकोस २०६९ सालमा राष्ट्रिय सहकारी बैंकबाट मध्यमाञ्चल उत्कृष्ट संस्था, २०७१ सालमा नेफ्स्कूनबाट नेपाल उत्कृष्ट संस्था, आ.व. २०७१/०७२, २ं०७३/०७४ र २०७४/०७५ मा आन्तरीक राजश्व कार्यालयबाट उत्कृष्ट करदाता, २०७६ सालमा नेफ्स्कूनबाट एकीकरणमा नेपाल उत्कृष्ट, २०७७ सालमा नेफ्स्कूनबाट नेपाल उत्कृष्ट ब्यवस्थापक, २०७८ मा नेफ्स्कूनबाट उत्कृष्ट संस्थापक अध्यक्ष जस्ता सम्मान तथा प्रशंसा पाउन सफल भएको छ ।
यस आ.व. मा आफ्ना शेयर सदस्यहरुलाई प्रविधियुक्त मुस्कान सहितको सेवा प्रवाहलाई संस्थाले प्राथमिकतामा राखेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार