९ भदौ २०८३, मङ्गलबार

हाम्राे साकाेस शैक्षिक सम्मान, जेष्ठ सदस्य सम्मानबाट १०७ जना सम्मानित

२०७९ असोज २, आईतवार
हाम्राे साकाेस शैक्षिक सम्मान, जेष्ठ सदस्य सम्मानबाट १०७ जना सम्मानित

काठमाडौं : हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. ललितपुरले शैक्षिक सम्मान, जेष्ठ सदस्य सम्मान र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ ।

कार्यक्रममा १०७ जना विद्यालय तहदेखि एमफिलसम्म तथा इञ्जिनियरिङ, एम डि लगायतका विषयमा शैक्षिक उपाधि प्राप्त गरेका सेयर सदस्य तथा सदस्यका छाेरा छाेरी सम्मानित भएका थिए । सबै तहमा उत्कृष्ट अंक हासिल गर्ने सदस्यका छाेराछाेरीलाई नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरिएकाे संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाका ६८ वर्ष माथिका जेष्ठ सदस्यलाई समेत सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा संस्थाकाे वर्तमान अवस्था र कार्यजाेजना प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले प्रस्तुत गरेका थिए भने वित्तीय साक्षरता सम्बन्धि प्रस्तुति सहकारी प्रशिक्षक तेजप्रसाद बजगाईं गरेका थिए ।

कार्यक्रममा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका नवनिर्वाचित अध्यक्ष रामहरि बजगाइलाई सम्मान गरिएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सहकारी संघका अध्यक्ष एवम संस्थाका सल्लाहकार रामशरण शर्मा घिमिरेले हाम्राे साकाेसले ललितपुर जिल्लामा धेरै सहकारी संस्थासँगकाे संस्थागत सम्बन्ध, अभियानमा गरेकाे याेगदान, सुशासनले अन्य संस्थालाई प्रेरित गरेकाे बताए । संस्थाका अध्यक्ष शम्भु प्रसाद फुयालले सस्तो लाेक प्रियता भन्दा सुशासन र संस्थागत दिगोपनमा ध्यान दिन र यसका लागि सदस्यलाई संस्थामा नियमित उपस्थित भई सुझाव दिन अनुराेध गरे ।

अभिलेख

लोकप्रिय