२२ भदौ २०८३, सोमबार

जेष्ट आइडियाेलाेजी सहकारीले १५ प्रतिशत लाभांश दिने, काेष हिसाब ४८.४७ ले वृद्धि

२०७९ असोज १, शनिवार
जेष्ट आइडियाेलाेजी सहकारीले १५ प्रतिशत लाभांश दिने, काेष हिसाब ४८.४७ ले वृद्धि

काठमाडौं : जेष्ट आइडियाेलाेजी बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई १५ प्रतिशत लाभांश दिने भएकाे छ । शुक्रबार सम्पन्न संस्थाको १३ औं वार्षिक साधारण सभाले १५ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेकाे हाे ।

आर्थिक वर्ष २०७८/०७९ मा संस्थाले समग्र वित्तीय सुचकहरुमा उल्लेख वृद्धि गर्न सफल भएकाे छ । आर्थिक वर्ष २०७७/०७८ मा ९ कराेड ९४ लाख ३६ हजार ५०० रुपैयाँ सेयर पुँजी रहेकाे संस्थाकाे आर्थिक वर्ष २०७८/०७९ मा ४.२६ प्रतिशतले वृद्धि भई १० कराेड ३६ लाख ८० हजार ९०० रुपैयाँ कायम भएकाे छ । त्यस्तै आ. व. २०७८/०७९ मा निक्षेप संकलन १३.३४ प्रतिशतले वृद्धि भई १ अर्ब ६६ कराेड २१ लाख २३ हजार ५ सय ९५ रुपैयाँ, काेष हिसाब ४८.४७ प्रतिशतले वृद्धि भई १६ कराेड ६६ लाख ८६ हजार ९ सय ९९ रुपैयाँ कायम भएकाे छ ।


संस्थाकाे कर्जा जाेखिम काेष २५.१३ प्रतिशतले वृद्धि भई ८ कराेड ७४ लाख ४९ हजार १ सय ८४ रुपैयाँ कायम भएकाे छ । त्यस्तै संस्थाले २ अर्ब ४ कराेड ४६ लाख ८५ हजार ५३ रुपैयाँ कर्जा लगानी गरी ६ कराेड ९ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ नाफा (कर अघिकाे) गर्न सफल भएकाे छ । याे नाफा अघिल्लो आ. व. काे तुलनामा ४७ प्रतिशतले वृद्धि भएकाे हाे । संस्थाकाे कुल सम्पत्ति २ अर्ब ३८ कराेड ५४ लाख २८ हजार ५ सय ६५ रुपैयाँ रहेकाे छ । अघिल्लो आ. व. काे तुलनामा संस्थाकाे कुल सम्पत्तिमा १८.४४ प्रतिशतले वृद्धि भएकाे छ । संस्थाकाे बाह्य ऋण तथा सापटी ३१ करोड ८३ लाख ११ हजार ९५ रुपैयाँ रहेकाे छ ।

 

अभिलेख

लोकप्रिय