काठमाडौं र ललितपुरका चार सहकारीबीच एकीकरण सम्झौता
काठमाडौं : काठमाडौं र ललितपुरका चार वटा सहकारीले एकीकरण सम्झौता गरेका छन् । काठमाडौंमा रहेको अर्थवृद्धि बहुउद्देश्यीय सहकारी, जीवनदृष्टि बहुउद्देश्यीय सहकारी, जीवनदृष्टि बचत तथा ऋण सहकारी र ललितपुरको गोल्डेन रोज बहुउद्देश्यीय सहकारीले एकिकरण सम्बन्धि सम्झौता गरेका हुन् ।
एकिकरण सम्झौतामा अर्थवृद्धि बहुउद्देश्यीय सहकारी संस्था न्यूरोडका अध्यक्ष सुरेन्द्र घिमिरे, जीवनदृष्टि बहुउद्देश्यीय सहकारी संस्था कालीमाटीका अध्यक्ष मीनबहादुर चन्द, जीवनदृष्टि बचत तथा ऋण सहकारी संस्था असनका अध्यक्ष कमलबहादुर आले र गोल्डेन रोज बहुउद्देश्यीय सहकारी संस्था कुमारीपाटी ललितपुरका अध्यक्ष हरि कुँवरले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
एकीकृतपछि संस्थाको नाम अर्थ जीवन दृष्टी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहने जनाइएको छ । एकीकरणपछि संस्थाको अध्यक्षमा मीनबहादुर चन्द, अपाध्यक्ष सुरेन्द्र घिमिरे, सचिव हरी कुँवर, कोषाध्यक्ष उमेश दाहाल तथा संचालक सदस्यमा लोकबहादुर खड्का, एलिना ढंगोल र विपिन राय रहेका छन् ।
त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा उत्तमकुमार थापा तथा सदस्यमा ध्रुवरत्न मानन्धर र राजेश श्रेष्ठ रहेको जनाइएको छ । एकिकृत संस्थाको कार्यकारी प्रमुखमा कमलबहादुर आले रहने जनाइएको छ ।
एकीकरणपछि संस्थाको शेयर पूँजी १५ करोड ३० लाख, निक्षेप १ अर्ब ७७ करोड, कूल कारोबार २ अर्ब ५ करोड, कर्जा लगानी १ अर्ब ६६ करोड तरलता १३ दशमलव ५ प्रशित रहने जनाइएको छ ।
त्यसैगरी सदस्य २७ हजार ९ सय तथा संस्थाको कार्यक्षेत्र काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर रहने जनाइएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
