दलहरुकाको घोषणा पत्रमा सहकारीको मुद्दा समावेश गर्न महासंघको सुझाव
काठमाडौं : राष्ट्रिय सहकारी महासंघले २०७९ मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीहरुको घोषणापत्रमा सहकारीका मुद्दाहरुलाई समेट्न सुझाव बुझाएको छ ।
मंगलबार महासंघका अध्यक्ष मिनराज कडेल र वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले नेकपा (एमाले)का महासविच शंकर पोखरेल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई घोषणापत्रमा सहकारीका मुद्दा सम्टेन आग्रह गर्दै सुझाव दिएका छन् ।

आगामी संसदीय निर्वाचनका लागि पार्टीहरु घोषणापत्र तयारीमा जुटिरहेको समयमा महासंघले सहकारी अभियानकोतर्फबाट दलहरुलाई सुझाव दिन थालेको हो । महासंघका अध्यक्ष मिनराज कँडेलले सबै दललाई सुझाव दिने तयारी गरिरहेको बताए ।
‘हामीले दलहरुलाई सहकारीको अभियानकोतर्फबाट घोषणपत्रमा समेट्नुपर्ने सहकारीका मुद्दाका विषयमा बुँदागत रुपमा सुझाव पेश गरेका छौं । उहाँहरु सकारात्मक रहेको र प्राप्त सुझावलाई अध्ययन गरेर समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ’, कँडेल भने । अन्य दलहरुसँग पनि सुझाव बुझाउने बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार