सहकारीको साधारण सभामा उद्घाटन सत्र र भाषण गर्न बन्देज, सोझै एजेण्डामा छलफल गर्न निर्देशन
काठमाडौं : काठमाडौं महानगरपालिका, सहकारी विभागले सहकारी संस्थाले वार्षिक साधारण सभा गर्दा उद्घाटन सत्र तथा मन्तव्यका कायक्रम नराख्न निर्देशन दिएको छ ।
विभागले ९ बुँदे निर्देशन जारी गर्दै साधारण सभाका उद्घाटन सत्र नराखी सोझै एजेण्डामा छलफल गर्न सहकारी संस्थालाई निर्देशन दिएको हो । महानगरको कार्यक्षेत्र भएका संस्थाहरुलाई जारी गरेको निर्देशनमा साधारण सभामा सदस्यहरुको भूमिकालाई अझ सक्रिय बनाउन उद्घाटन सत्र तथा मन्तव्यका कायक्रम नराखी सोझै एजेण्डा उपर छलफल गर्ने वातावरण मिलाउन निर्देशन दिएको हो ।
विभागले सहकारी संस्थालाई पुस मसान्त भित्र साधारणसभा सम्पन्न गरी पारित प्रतिवेदन १५ दिन भित्र विभागमा बुझाउन समेत भनेको छ ।
विभागले सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोवार गर्ने र साधारणसभामा कुल सदस्य संख्याको कम्तीमा ५१ प्रतिशत सदस्य उपस्थिती नभए गणपुरक संख्या पुर्याएर मात्र साधारणसभा गर्न भनेको छ ।
सभामा लेखापरीक्षण प्रतिवेदन, संचालक समितितथा लेखा समितिको प्रतिवेदन एवं पेश हुने अन्य सबै प्रतिवेदन तथा विषय उपर पर्याप्त छलफल गराएर मात्र पारित गर्न समेत निर्देशन दिएको छ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार