दोस्रो वर्षमा श्री मित्रता बहुउद्देश्यीय सहकारी
२०७९ भदौ २८, मङ्गलबार
कास्की : पोखरा स्थित श्री मित्रता बहुउद्देश्यी सहकारी संस्था स्थापनाको दोस्रो वर्षमा प्रवेश गरेको छ । संस्थाले एक कार्यक्रम बीच प्रथम बार्षिक उत्सव मनाएको छ ।
संस्थाका अध्यक्ष जयन्ती मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका सहकारी बिभागका प्रमुख भरत राज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै संस्थाका सल्लाहकार राजु श्रेष्ठ, जिल्ला सहकारी संघ, कास्कीका सञ्चालक चन्द्र कुमारी पराजुलीको आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि पौडेलले सहकारीहरु सिद्धान्त अनुसार सञ्चालन हुनुपर्ने बताए ।
युवाहरुको सक्रिय सहभागितामा सञ्चालित यस संस्थाले छोटो समयमै पोखरामा स्थापित हुन सफल भएको छ । संस्थाले युवा लक्षित विभिन्न कार्याक्रम समेत सञ्चालन गर्दै आएको छ । संस्थाले भावी कार्ययोजना समेत बनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार