२२ भदौ २०८३, सोमबार

ललितपुर बचत संघमा रामहरि बजगाई विजयी

२०७९ भदौ २७, सोमबार
ललितपुर बचत संघमा रामहरि बजगाई विजयी

ललितपुर : ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा रामहरि बजगाई विजयी भएका छन् ।

संघकाे २८ औं साधारण सभाबाट पुनः बजगाई निर्वाचित भएका हुन् । अध्यक्षमा रामहरि बजगाई र नरेन्द्र महर्जन प्रतिस्पर्धा थिए । बजगाईले २२५ मत पाउँदा महर्जनले १३३ मत पाएका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा करुणारत्न बज्राचार्य विजयी भएका छन् । बज्राचार्यले २३३ मत पाउँदा उनका प्रतिस्पर्धी कर्ण देसारले १२५ पाएका छन् । त्यस्तै सचिवमा श्यामकृष्ण महर्जन विजयी भएका छन् ।

कुल २६३ मत खसेकाे थियाे ।

अभिलेख

लोकप्रिय