ललितपुर बचत संघमा श्यामकृष्णको शानदार जीत
२०७९ भदौ २७, सोमबार
ललितपुर : ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको निर्वाचनमा बालेन शैलीमा श्यामकृष्ण महर्जनले जीत हासिल गरेका छन् ।
संघको निर्वाचनमा दुई वटा प्यानल बनेको थियो । तर, श्यामकृष्ण महर्जन एक्लै उठेर सचिवमा जित हासिल गरेका छन् । उनी निवर्तमान सचिव समेत हुन् ।
रामहरि बजगाई नेतृत्वको टिम र नरेन्द्र महर्जनको टिममा नपरेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
संघको निर्वाचनमा नेकपा एमाले, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) निकट सहकारीकर्मीहरुको प्यानल र नेपाली कांग्रेस निकट सहकारीकर्मीहरु प्यानल बनेको थियो । तर, दुबै प्यानलको उम्मेदवारलाई हराउँदै महर्जनले बाजी मारेका छन् ।
महर्जनले १९२ मत प्राप्त गरेर जीत हात पार्दा उनका प्रतिद्वन्द्वी राजु ताम्राकारले ६९ र दिपक घिमिरेले ९८ मत ल्याए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार