२२ भदौ २०८३, सोमबार

सहकारी सञ्चालकलाई बोलाएर हर्क साम्पाङ्गले दिए निर्देशन, विकास समिति गठन गर्न माग

२०७९ भदौ २७, सोमबार
सहकारी सञ्चालकलाई बोलाएर हर्क साम्पाङ्गले दिए निर्देशन, विकास समिति गठन गर्न माग

प्रकाश बन्जारा
धरान : धरान उपमहानगरका नगरप्रमुख हर्क साम्पाङ्गले नगरभरीका सहकारी सञ्चालक र व्यवस्थापकलाई बोलाएर नियम र ऐन विपरित नजान निर्देशन दिएका छन् ।

बराह बचत तथा ऋण सहकारी संस्थाले हजारौं सदस्यको करोडौं रकम फिर्ता गर्न नसकेको समस्याको साक्षी बनेको धरान उपमहानगरले नगरभरीका सहकारी संस्थालाई भेला गरेर ऐन विपरित नजान निर्देशन गरेको हो ।

नियम अनुसार चलेका सहकारीहरुमा समस्या नभएको र नियम विपरीत चलेका केही सहकारीको कारण समग्र सहकारीहरुलाई समस्या भएको नगरप्रमुख साम्पाङ्गले बताएका थिए । छलफलमा मेयर साम्पाङले कोपोमिस सिस्टममा धरानका ८८ वटा सहकारीमध्ये ३७ वटाले मात्र हिसाब पठाएकोले धेरैले नियम पालना गरेको नदेखिएको बताए । मेयर साम्पाङले नियत खराब भएका सहकारीमा नियम कडा भएपनि समस्या आउने बताएका थिए ।

भेलामा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठले सहकारीहरु मात्र होइन, विश्वमा नै अर्थिक मन्दीको कारण सबै क्षेत्र प्रभावित भएको धारणा राखेका थिए । सहकारीकर्मीहरुले नगरमा सहकारी विकास समिति गठनको माग समेत गरेका थिए । श्रेष्ठले कम्तीमा ५ करोड रुपैँयाको सहकारी कोष खडा गर्न समेत माग गरेका छन् ।

कार्यक्रममा बोल्दै नगर सहकारी समन्वय समितिकी अध्यक्ष मिशन लामाले पनि अनगुमन, नियम, दर्ता र खारेजीको लागि निगरानी गर्न विभाग गठन नभएको भन्दै सहकारी विकास समिति चाडो गठन गर्न आग्रह गरेकि छन् ।

अभिलेख

लोकप्रिय