ज्योतिपुञ्ज सहकारीलाई उत्कृष्ट व्यवसाय पुरस्कार
ललितपुर : ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उत्कृष्ट व्यवस्या पुरस्कार प्राप्त गरेको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले २८औं वार्षिक साधारण सभाको अवसरमा उक्त पुरस्कार प्रदान गरेको हो ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज कार्की र प्रबन्धक रञ्जु कार्कीलाई उक्त पुरस्कार प्रदान गरेका थिए ।
संस्थाको कुमारीपाटी स्थित कार्यालयले संघमा नियमित कारोबार गर्दै आएको छ । आर्थिक वर्ष २०७८/७९ को कारोबारबाट संस्थाले उत्कृष्ट व्यवसाय पुरस्कार प्राप्त गरेको हो ।
आर्थिक वर्ष २०७८/७९ मा ३ हजार ५ सय ८४ सदस्यको १० करोड ५२ लाख रुपैयाँ सेयर पुँजी रहेको छ । संस्थाको जगेडा कोषमा ९ करोड ९३ लाख रहेको छ भने कुल संस्थागत पुँजी १० करोड ८६ लाख र अन्य कोषमा २ करोड ६५ लाख रहेको छ ।
संस्थाले १ अर्ब ३० करोड निक्षेप संकलन गरी १ अर्ब ५६ करोड कर्जा प्रवाह गरेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार