२० भदौ २०८३, शनिवार

संगम सहकारीको २६औं साधारण सभा सम्पन्न, जनप्रतिनिधि र सदस्यहरु सम्मानित

२०७९ भदौ २६, आईतवार
संगम सहकारीको २६औं साधारण सभा सम्पन्न, जनप्रतिनिधि र सदस्यहरु सम्मानित

नुवाकोट : विदुर नगरपालिका ४, बट्टारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगर प्रमुख श्रेष्ठले संगम सहकारी अन्यको तुलनामा अब्बल रहेको बताए । प्रमुख श्रेष्ठले शेयर सदस्यहरुको सेवाका लागि संगम सहकारीले गरेको कार्य अनुकरणिय रहेको बताए ।

त्यस्तै जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले नीति, विधि र प्रविधिलाई आत्मसाथ गर्ने सहकारीहरु हमेशा सफल र उदाहरणिय रहने बताउँदै संगम सहकरीले तीनै पक्षलाई आत्मसाथ गरेको बताए । अध्यक्ष न्यौपानेले सहकारी क्षेत्रमा केही समस्या र विकृति आएको भएपनि नुवाकोटमा सहकारीहरुमा त्यस्ता समस्या अहिलेसम्म देखा नपरेको र आफुहरु नियमन र अनुगमन निरन्तर रहिरहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समतिका अध्यक्ष शिव देवकोटा, राष्ट्रिय सहकारी बैंक नुवाकोटका जिल्ला संयोजक बैकुण्ठ मिश्र, नुवाकोट उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गीता अमात्य, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, सहयोगी बहुउद्देश्यीय सहकारीका अध्यक्ष बाबुराम अधिकारी, बट्टार सहकारीका अध्यक्ष ओमप्रकाश श्रेष्ठ, लायन बचत तथा ऋण सहकारीका ध्रुब ढकाल, चौतारी–गोसाइँकुण्ड सहकारीका सचिव सुकुमान डंगोललगायतले शुभकामना मन्तब्य राखेका थिए ।

साधारण सभाले संस्थाका अध्यक्ष नारायण श्रेष्ठ, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक सुदिप अमात्यले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ ।

साधारण सभाको अवसरमा स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि बनेका सहकारीका शेयर सदस्यहरुको समेत सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, तारकेश्वर गाउँपालिका वडा नं. १ का अध्यक्ष चक्रबहादुर तामाङ, विदुर वडा नं. ९ का सदस्य राजकुमार श्रेष्ठ र जिल्ला समन्वय समितिका सदस्य राजेन्द्र श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा उत्कृट कारोबार गर्नेमा बचततर्फ त्रिशुली बजारका राधिका नापित, ऋणतर्फ विदुरका टंकबहादुर बानियाँ, बाबुनानी बचतामा पिपल्टारका याशिका तामाङलाई सम्मान गरेको छ ।

साथै अघिल्लो साता भएको जिल्ला स्तरिय अन्तर मावि संगम वक्तृत्वकला प्रतियोगिता–२०७९ का विजेताहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

पहिलो हुने पृथ्वी मावि विदुरका रेजिना भण्डारी, दोश्रो हुने कल्याणकारी विद्या मन्दिर विदुरका समीक्षा श्रेष्ठ, तेश्रो हुने अर्किड एकेडेमी बट्टारका स्मृति रिमाल, सान्त्वना स्थान पाएका स्पार्कल स्कुल त्रिशुली कोलोनीका सिम्रन अधिकारी र अर्किड एकेडेमीका प्रतीक्षा रिमाललाई पुरस्कार प्रदान गरिएको छ ।

अभिलेख

लोकप्रिय