बाबा साकोसको १७औं वार्षिक साधारण सम्पन्न, सदस्यलाई १३.०४% लाभांश दिने
भक्तपुर : बाबा बचत तथा ऋण सहकारी संस्था लि. थिमि, भक्तपुरले आ. व. २०७८/७९ मा ७७ लाख खुद मूनाफा गरेको छ । संस्थाले उक्त नाफाबाट सदस्यहरुलाई १३.०४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
१७ औं वार्षिक साधारण सभाको क्रममा आ. व. २०७८/७९ सम्म ५ कोड ३८ लाख ९३ हजार २ सय रुपैयाँ शेयर पूँजी रहेको सो संस्थाले ३० करोड निक्षेप संकलन गरी ३३ करोड लगानी गरी गत वर्ष भन्दा २० लाख नाफा बृद्धि गर्न सकेको जानकारी गराइयो ।
संस्थाले घोषणा गरेको लांभाश दशैं अगाडी सदस्यहरुलाई वितरण गर्ने जनाएको छ । साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले समुदायमा आधारित रहेर शेयर सदस्यहरुको लागि शिक्षा, स्वास्थ्य र वातावरण लगायतमा सेवा गरेर कारोबारलाई अगाडी बढाउन सकेको स्वागत योग्य रहेको बताए । सहकारी अभियानको क्रममा गत वर्षको अवस्थालाई ध्यान दिएर सरकारले सहकारीहरुलाई बढाएको करलाई घटाउन सफल भएको जानकारी गराउदै बचत रहेको करलाई सदस्य कै हितमा खर्च गर्न आग्रह गरे ।
सभामा संस्थाका अध्यक्ष ज्ञानराम श्रेष्ठले कोभिड र आ. व. २०७८/७९ मा मुलुकमा तरलताको अभाव भएको अवस्थामा पनि सदस्यहरुले संस्थाप्रति देखाएको विश्वासका कारण संस्थाले गत वर्षभन्दा बढी मुनाफा आर्जन गर्न सकेको जानकारी दिए । भक्तपुर जिल्ला बचत ऋण सहकारी संघ लि. का सदस्य पञ्चकृष्ण श्रेष्ठले सदस्य संस्थाहरुलाई तरलताको समस्या भएमा बिना धितो वासलातको आधारमा ६० लाखसम्म ऋण प्रदान गरिने जानकारी दिए ।
सभामा संस्थाका सचिव ज्ञानहरि श्रेष्ठले प्रगति प्रतिवेदन, कोषाध्यक्ष प्रेमरत्न मानन्धरले आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजकले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
मध्यपुर बचत तथा ऋण सहकारी संस्था लि. का संचालक सदस्य कान्छा श्रेष्ठले बाबा साकोसको हरेक प्रगति र कार्यहरु अनुकरणीय रहको बताए । सदस्य दिपम श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा कानूनी सल्लाहकार अधिवक्ता प्रिती श्रेष्ठ, नेफ्स्कून फिल्ड कार्यलयका प्रमुख पेशल खड्काले पनि शुभकामना ब्यक्त गर्नुभएको थियो ।
सभामा स्नातकोत्तर उतीर्ण सदस्य एवं सदस्यका छोराछोरीहरु संस्थाका पूर्व अध्यक्ष नबिनप्रकाश श्रेष्ठ, डा. रोजी मानन्धर, रविना भासिमा, ज्ञानदेवी श्रेष्ठ, सविन श्रेष्ठ, सुमित्रा खड्का, राजु श्रेष्ठ, कमल श्रेष्ठ, डा. राजेन्द्र श्रेष्ठ, उज्वल श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरेको थियो ।

साथै सहकारी लगायत हरेक जात्रा पर्वमा गाग्रीमा पानी बोकेर आम स्थानीय बासिन्दालाई पानी खुवाउँदै प्यास मेटाउदै समाजसेवा गर्ने भक्तपुर नगरपालिका क्वाठण्डौं निवासी लतंभक्त प्रजापतिलाई सम्मान गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
