नेचुरल सहकारीले सदस्यलाई १५ प्रतिशत लाभांश दिने
काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
त्यस्तै शनिबार नै का.म.न.पा.–७, टुसाल स्थित संस्थाको ७ तले कर्पोरेट कार्यालय बागमती प्रदेश सांसद माननीय प्रभात तामाङले उद्घाटन गरेका छन् ।

संस्थाका अध्यक्ष शर्मिला अमात्यको अध्यक्षतामा सम्पन्न साधारण सभाकोे प्रमुख अतिथि बागमती प्रदेश सांसद माननीय प्रभात तामाङ रहेका थिए ।
साधारण सभाले विभिन्न प्रस्ताव उपर छलफल गरि पारित गरेको छ । साधारण सभाले सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव समेत पारित गरेको छ ।

गत वर्ष १३ प्रतिशत लाभांश दिएको संस्थाले यस वर्ष १५ प्रतिशत दिन सफल भएको संस्थाका प्रमुख कार्यकारी विकल्प पाठकले जानकारी दिए । सदस्यहरुको साथ र सहयोगले विषम परिस्थितीमा पनि संस्थाले वित्तीय छलाङ मारेको पाठकको भनाई छ ।
१० हजार सदस्यको ३० करोड सेयर पुँजी रहेको संस्थाले करिब ३ अर्बको कारोबार गर्दै आएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार