निश्चिन्त भएर सहकारीको सेवा लिनुस् : महासंघ
काठमाडौं : राष्ट्रिय सहकारी महासंघले बाहिर हल्ला भएजस्तो सहकारी क्षेत्रमा समस्या नभएको दावी गरेको छ । महासंघले विहीबार अपील जारी गर्दै निश्चिन्त भएर सहकारीको सेवा आम सहकारीकर्मी सदस्यलाई आग्रह गरेको हो ।
महासंघको अपीलमा कोभिड १९ को महामारी रुस युक्रेनबीचको युद्ध र बढ्दो ब्यापारघाटाले देशको अर्थतन्त्रमा पारेको प्रभावका कारण बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम अभाव भई केहि सहकारीमा पनि असर परेको उल्लेख गरिएको छ ।
महासंघले सहकारी संस्थाहरु स्वनियम, सुशासनमा संचालन हुनुपर्ने, संघसंस्थाको क्रियाकलाप नीति विधि र प्रविधिमैत्री हुनुपर्ने भन्दै ७ बुँदे अपील पनि जारी गरेको छ ।
अपीलमा विभागको निर्देशन अनुसार वित्तीय विवरण प्रकाशन गर्न, छिटो साधारणसभा गरी सदस्यहरुलाई विश्वासमा लिन, ऋण असुलीलाई प्राथमिकतामा राख्न, समस्या भएमा माथिल्लो तहको संघ वा बैंकसँग समन्वय र सहजिकरण गर्न आग्रह गरिएको छ ।
महासंघले सहकारीको समस्या समाधानमा गम्भिर रहेको र आगामी दिनमा पनि अभिभावकीय भूमिका निर्वाह गर्न क्रियाशिल रहेने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
