एकपछि अर्काे सहकारीमा समस्या आउन थालेपछि ऐन संशोधन गर्न समिति गठन
प्रकाश बन्जारा
इटहरी : सहकारी संस्थाहरुमा एकपछि अर्को गरी समस्या आउन थालेपछि इटहरी उपमहानगरपालिकाले स्थानीय सहकारी ऐनमा कडाई गर्न तत्परता देखाएको छ । उपमहानगरपालिकाको १ सय २२ औँ कार्यपालिका बैठकमा नगरप्रमुख हेमकर्ण पौडेलले नगरपालिकाको सहकारी ऐनमा संशोधन गर्नुपर्ने र नागरिकको निक्षेपको सुरक्षा गर्नुपर्ने भन्दै समिति गठनको प्रस्ताव राखेका थिए ।
सहकारीसंस्थालाई व्यवस्थित गर्न इटहरी उपमहानगरपालिकाले सहकारी ऐनलाई संसोधन गर्न नगरप्रमुख संयोजक, उपप्रमुख सह संयोजक, सदस्यमा प्रमुख प्रशासकिय अधिकृत साथै कार्यपालिकाले तोकेका २ जना कार्यपालिका सदस्यमा भिमा राई र रतन कार्कीको नाम पारित भएको छ । त्यसैगरी संयोजकको मनोनित गरेका सहकारी सम्बन्धि अनुभव संगालेका नगरक्षेत्रका ३ जना रहने बताइएको छ ।
नगरप्रमुख पौडेलले गंगा दाहाल, बिमला श्रेष्ठ र भोला बस्नेतको नाम प्रस्ताव गरेका छन् भने उक्त नाम कार्यपालिकाले पारित गरेको छ । सहकारीको आर्थिक अनुशासन नभएको र निक्षेपमा तलमाथि गर्नेलाई कारबाही गर्नु उक्त ऐनलाई संसोधन गर्नुपर्ने मेयर हेमकर्ण पौडेलले बताए ।
सहकारीको आर्थिक अनुशासन राम्रो नभएका सहकारीलाई कठाइ गर्न र सर्वसाधारणको निक्षेपको सुरक्षा गर्न यो ऐनको संसोधन गर्नुपर्ने आवश्यकता रहेको पौडेलले औलाएका थिए । आफु निर्वाचित भइसकेपछि पनि २ वटा सहकारीमा समस्या आएर कारबाहिको प्रक्रियामा रहेको बताउँदै मेयर पौडेलले इटहरी उपमहानगरभित्र रहेका सहकारीको दर्ता , नियमन र निरिक्षणका उक्त समिति गठन गरिएको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
