२१ भदौ २०८३, आईतवार

एकीकरणमा विभागले गरायो सहकारीको ध्यानाकर्षण

२०७९ भदौ २०, सोमबार
एकीकरणमा विभागले गरायो सहकारीको ध्यानाकर्षण

काठमाडौं : पछिल्लो समयमा सहकारी संस्थाहरुबीच एकीकरण सम्झौताको लहर चलेपछि संघीय सहकारी विभागले एकीकरण प्रकृया प्रचलित कानुनभित्र रहेर पुरा गर्न ध्यानाकर्षण गराएको छ ।
विभागले आईतबार सहकारी संघ संस्थालाई एकीकरण गर्दा पुरा गर्नुपर्ने कानुनी प्रकृया बारे परिपत्र गरेको हो ।

सहकारी संघ संस्थाहरु एकीकरण भएपछि गठन हुने संचालक समिति र लेखा समितिलाई सहकारी ऐन, २०७४ मा भएको व्यवस्था अनुसार समावेशी बनाउन विभागले निर्देशन दिएको छ ।

साथै सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका, २०७७ बमोजिम तदर्थ समिति गठन गरेको मितिले तीन दिन भित्र सम्बन्धित नियामक निकायमा जानकारी पठाउन भनेको छ ।

विभागले सहकारी संस्था एकीकरण गर्दा एकै प्रकृति वा विषयका हुनुपर्ने, फरक विषयका भएपनि एउटै विषयमा प्रतिस्पर्धा भएको हुनुपर्ने, कार्यक्षेत्र खप्टिएको वा जोडिएको हुनुपर्ने, सदस्यबाट एकीकरणको माग भएको वा संस्थाको संयुक्त बैठकले एकीकरण सम्बन्धी निर्णय गरेको हुनुपर्ने लगायतको कानुनी प्रकृया तथा मापदण्ड स्मरण गराएको छ ।

अभिलेख

लोकप्रिय