२० भदौ २०८३, शनिवार

ॐ साईराम साकोसको अध्यक्षमा पुनः बस्न्यात

२०७९ भदौ १८, शनिवार
ॐ साईराम साकोसको अध्यक्षमा पुनः बस्न्यात

काठमाडौं : बालाजु–१६, काठमाडौं स्थित ॐ साईराम बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः सुसिल कुमार बस्न्यात चयन भएका छन् । संस्थाको भदौ १० गते शुक्रबार सम्पन्न १० औं वार्षिक साधारण सभाले बस्न्यातलाई पुनः अध्यक्षमा चयन गरेको हो ।

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले विभिन्न प्रस्ताव उपर छलफल गरि प्रतिवेदनहरु पारित गरेको छ ।

सर्वसम्वत रुपमा चयन भएको सञ्चालक समितिको उपाध्यक्षमा सुलोचना कँडेल, सचिवमा भवानी डोटेल, कोषाध्यक्षमा ईश्वरी श्रेष्ठ र सदस्यहरुमा गंगाराम घिमिरे, रामचन्द्र घिमिरे, प्रतिभा अर्याल रहेका छन् ।

त्यस्तै तीन सदस्यीय लेखा समितिको संयोजकमा लोकेन्द्र केसी रहेका छन् भने सदस्यहरुमा रन्जिता सुवेदी र सन्तोषी पराजुली रहेका छन् ।

समुदायमा आधारित यस संस्थामा करिब २३ सय सदस्य रहेका छन् । संस्थाको कुल सम्पत्ति करिब २४ करोड रुपैयाँ रहेको छ ।

नवनिर्वाचित संस्थाका अध्यक्ष बस्न्यात नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सघ (नेफ्स्कून)का लेखा समिति सदस्य समेत हुन् । त्यस्तै उनी राष्ट्रिय समृद्ध आवास विशिष्टिकृत सहकारी संघका लेखा समिति संयोज समेत हुन् ।

अभिलेख

लोकप्रिय