पञ्चशील बहुउद्देश्यीय सहकारीको २२औं साधारण सभा सम्पन्न, सदस्यलाई १८% लाभांश दिने
ललितपुर : कुमारीपाटीमा मुख्य कार्यालय पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको २२औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष अशोक बज्राचार्यले संचालक समितिको तर्फबाट आ.व. २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०७९/०८० को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए ।
आर्थिक वर्ष ०७७/०७८ मा शेयर पुँजी १६ करोड ७० लाख २५ हजार ५ सय, बचत (निक्षेप) तर्फ २ अर्ब ४ करोड ४० लाख ८४ हजार २ सय ९९ रुपैयाँ, वार्षिक कारोबार २ अर्ब ८९ करोड ५ लाख ४१ हजार ९३ रुपैँया ५० पैसा पुर्याउन संस्था सफल भएको छ । त्यसैगरी संस्थाको जगेडा कोष तथा अन्य कोषमा २८ करोड ६० लाख ९४ हजार ८ सय ७८ रुपैँया रहेको छ ।
संस्थाले सहकारीहरको बीचमा नमुना सहकारीको रुपमा आफुलाई स्थापित गर्न सफल भएको कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख राजु खतिवडाले जानकारी दिए । संस्थाले गत आ.व.०७८/०७९ मा ८ करोड ५१ लाख १८ हजार २ सय ५६ रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
संस्थाले सदस्यलाई १८ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाले आ.व. ०७८/०७९ मा २ करोड २८ लाख ९७ हजार ४ सय ७७ रुपैयाँ आयकर तथा अन्य विभिन्न शिर्षकहरुमा राजस्वमा योगदान गरेकोछ ।
संस्थाले विभिन्न सामाजिक क्रियाकलाप अन्र्तगत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यस संस्थाले समय समयमा तालिका बनाई शेयर सदस्यहरुलाई विभिन्न सिप मुलक तालिम दिने, अन्र्तक्रिया गर्ने लगायतका कार्यहरु गर्दै आइरहेको छ ।
संस्थाले प्रविधिमा आधारित सेवा एटिएम, मोबाईल बैकिङ, क्युआर सेवा प्रदान गर्दै आएको छ ।
संस्थाका सचिव घनश्याम धमलाले संचालन गरेको उक्त सभाका प्रमुख अतिथि राष्टिय सहकारी बैंकका अध्यक्ष के.बि.उप्रेती रहेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार