सहकारीमा स्वस्फूर्त एकीकरण अभियान : ११ संस्था बीच एकीकरण सम्झौता
काठमाडौं : सहकारी संस्था संस्थाहरु स्वस्फूर्त रुपमा एकीकरणमा जान थालेका छन् । संख्यात्मक वृद्धिले अस्वस्थ प्रतिस्पर्धा बढिरहेको बेला सहकारी संस्थाहरू स्वस्फूर्त रुपमा एकीकरणमा जान थालेका हुन् ।
शनिबार काठमाडौंका ११ वटा सहकारी संस्थाहरुले एकीकरणमा जाने सम्झौता गरेका छन् । एकीकरण सम्झौता गर्ने सहकारीहरुमा काठमाडौंको न्युरोड स्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था, बालाजु स्थित मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था, बागबजार स्थित सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था, चाबहिल स्थित लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
त्यस्तै तारकेश्वर स्थित योजना बहुउद्देश्यीय सहकारी संस्था, कलंकी स्थित उषाकिरण बचत तथा ऋण सहकारी संस्था, हात्तिसार स्थित माउण्ट अपि बचत तथा ऋण सहकारी संस्था, नयाँबानेश्वर स्थित सुर्यदेव बचत तथा ऋण सहकारी संस्था, न्युरोड स्थित हनुमानढोका बहुउद्देश्यीय सहकारी संस्था, न्युरोड कै दुर्गामाश्रिता बचत तथा ऋण सहकारी संस्था र पिपुल श्रोता बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।

एकीकरणपछि संस्थाको नाम राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था प्रस्ताव गरिएको छ । संस्थाको मुख्य कार्यालय न्युरोड, ११ जनाको सञ्चालक समिति, ३ जनाको लेखा सुपरिवेक्षण समिति, अध्यक्षमा नरेन्द्र विष्ट र प्रमुख कार्यकारी अधिकृतमा इन्द्रप्रसाद गेलाल रहने प्रारम्भिक सहमती समेत भएको छ ।
एकीकरणपछि संस्थाको ४१ हजार सदस्य हुनेछन् भने कुल कर्मचारी संख्या ५१० जना पुग्नेछ । संस्थाको सेयर पुँजी ५५.५ करोड, बचत निक्षेप ५ अर्ब ६५ करोड, ऋण लगानी ५ अर्ब ७५ करोड, कुल कोष ३१.५ करोड र कुल सम्पत्ती तथा दायित्व ७ अर्ब ७५ करोड हुने प्रस्तावित अध्यक्ष नरेन्द्र बिष्टले जानकारी दिनुभयो ।
सहकारी संस्थालाई दीगो र सक्षम संस्था बनाउने उद्देश्य सहित एकीकरण सम्झौता गरिएको अध्यक्ष बिष्टले जानकारी दिए । बिष्ट हालको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् । एकीकरणमा जाने सहकारीहरुले एक महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गर्ने र त्यसको १५ दिन भित्र एकीकृत साधारण सभा सम्पन्न गर्ने समेत सम्झौता भएको छ ।
शुक्रबार (हिजो) मात्रै ९ वटा सहकारी संस्था र गत शनिबार ५ वटा सहकारीले एकीकरण सम्झौता गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार