२४ कात्तिक २०८३, मङ्गलबार

बुडोल सामुदायिकको आयोजनामा महिला भेला

२०७९ भदौ १२, आईतवार
बुडोल सामुदायिकको आयोजनामा महिला भेला

काभ्रे : बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा महिला भेला कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाको महिला तथा सामाजिक साँस्कृतिक उपसमितिको आयोजनामा महिला नेतृत्व तथा क्षमता विकास सम्बन्धि १ दिने महिला भेला कार्यक्रममा संस्थाका १ सय ७० जना सदस्यहरुको सहभागिता रहेको थियो ।

महिला तथा साँस्कृतिक उपसमितिका संयोजक गीता कुँवर क्षेत्रीको सभापतित्व र संस्थाका अध्यक्ष कैशाश के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका सञ्चालक समिति सदस्य गायत्री खड्काले गर्नुभएको थियो ।

कार्यक्रममा मकवानपुर जिल्ला बचत संघका अध्यक्ष कल्पना श्रेष्ठले महिला नेतृत्व, सक्षमता तथा नेपालको उच्च तहको सेवा क्षेत्रमा महिलाहरुको सहभागीता विषयक प्रस्तुती राखेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष के.सी.ले महिलाहरुको सकृय सहभागिताको लागि धन्यवाद ज्ञापन गरेका थिए । औचारिक कार्यक्रम सकिए लगतै हिन्दु महिलाहरुको महान पर्व तीजको समेत सन्दर्भ जोडिएकोले कार्यक्रमको दोस्रो चरणमा उपस्थित सम्पुर्ण महिला सदस्यहरुले नाचगान, दोहोरी लगायतका मनोरञ्जनात्मक प्रश्तुती समेत प्रश्तुत गर्नुभएको थियो ।

कार्यक्रममा अच्युतम फार्मेसी, धुलिखेलको प्रायोजनमा उपस्थित महिला सदस्यहरुमध्ये ५ जना लाई र एस एण्ड एस लेडिज फेशन वेयर, बनेपाको प्रायोजनमा ३ जना गरी जम्मा ८ जना महिला सदस्यहरुलाई गोलाप्रथाबाट छनौट गरी पुरस्कार वितरण गरिएको थियो ।

अभिलेख

लोकप्रिय