२० भदौ २०८३, शनिवार

हाम्रो साकोसको आयोजनामा ३०औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला

२०७९ भदौ १०, शुक्रबार
हाम्रो साकोसको आयोजनामा ३०औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला

काठमाडौं : हाम्रो बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ३०औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला आज सम्पन्न भएको छ ।

एक्सेस ब्राण्डिङ कार्यक्रमको तेश्रो बागमती क्षेत्रमा सम्मिलित ६ वटा संस्थाहरुको सहभागितामा उक्त कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा सहभागी संस्थाहरुले आ–आफ्ना संस्थाको पछिल्लो प्रतिवेदनहरु प्रस्तुत गर्दै हालको वित्तीय बजारको समीक्षा गरेका थिए ।

तरलता संकुचन, ऋण मागको चाप, विभिन्न सञ्चार माध्यममा आएका केही सहकारी संस्थाहरुको गलत अभ्यासका कारण, वर्तमान समयमा सामना गर्नुपरेको चुनौतीका विषयमा समेत कार्यक्रममा समिक्षा गरिएको थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाले कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।

सापकोटाले एक्सेस कार्यक्रमले संस्थाको सबलिकरण गरेको र वर्तमान अवस्थामा एक्सेस आवद्ध संस्थाहरूमा रहेको तरलताले पनि यसको पुष्टि गरेको कुरा ब्यक्त गर्नुका साथै सरकारले सहकारी प्रति गर्नु पर्ने ब्यवहारको चर्चा गरेका थिए ।

May be an image of 2 people, people standing and text that says '३0ओं कार्यकरशलता तथा सिकाई व्यवस्थापन कार्यशाला, ২ 30th Pro ency and Learning Management Workshop,2 ACCESS BRANDING 3RD MATI REGION २०७९ भाद्र १० गते स्थान: डिलाईट हालक्ष्मीस्थान, ललितपुर सहभागी संस्थाहर हामा हाम्रो बचत Hamro प्राविधिक नेफस्कून नेफस्कन नेपाल चततथ'

कार्यशालाको सहजिकरण नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेम वाग्लेले गरेका थिए । हाम्रो साकोसका अध्यक्ष शम्भुप्रसाद फुयालले संस्थाहरुले संस्थागत सुशासन र दीगोपनका लागि असल अभ्यासहरुमा लाग्नु पर्नेमा जोड दिँदै असल अभ्यासको आदानप्रदानले सिंगो अभियानलाइ राम्रो बनाउने विचार व्यक्त गरे ।

कार्यशाला संस्थाहरुको प्रगतिको समीक्षा र जोखिम भरित सम्पत्ति र पुजी पर्याप्तता कोषा सम्बन्धि कार्याशाला गरी २ वटा पक्षमा केन्द्रित रहँदै महत्वपूर्ण निश्कर्षहरु सहित समापन भएको छ । आगामी कार्यशाला साहारा महिला बचत तथा ऋण सहकारी संस्था धादिङको को अयोजनामा हुने छ ।

May be an image of 6 people, people sitting and people standing

अभिलेख

लोकप्रिय