मिलिजुली कालिञ्चोक साकोसको स्थापना दिवसमा रक्तदान तथा सम्मान घोषणा (भिडियो सहित)
दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको ३० औं स्थापना तथा कारोबार शुभारम्भ दिवसको अबसरमा रक्तदान तथा सम्मान घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षतमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिवशराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि खड्काले संस्था सदस्यहरुको बिश्वासिलो र आर्थिक हिसाबमा मजुबुत भएको र यस्ता सामाजिक कार्यले गर्दा झन भरपर्दो भएको बताए । संस्थाका सञ्चालक सदस्य सुरेश चन्द्र खड्काले स्वागत सहित कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बिगु गा.पाका प्रमुख कार्यकारी शैलेन्द्र भण्डारी, नेपाल पत्रकार महासंघ दोलखा शाखाका सचिब दिल बहादुर केसी र नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाका सभापति गोकर्ण प्रसाद पोखरेलले शुभकामना मन्तब्य राखेका थिए ।

कर्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखा जिल्ला शाखा तथा नेपाल रेडक्रस सोसाईटी दोलखा जिल्ला शाखाको सहकार्यमा भएको थियो । रक्तदान कार्यक्रममा ४३ जनाले रगत दान गरेका थिए । संस्थाले स्थापना दिवसको दिन आर्थिक बर्ष २०७८/२०७९ मा बिभिन्न बिधामा सम्मानित तथा पुरस्कृत हुने सदस्य र २८ बिधाको सम्मान घोषणा गरेको थियो ।
उक्त पुरस्कार तथा सम्मान संस्थाको २९ औं साधारण सभाको अवसरमा बितरण गर्ने जनाएको छ । संस्थाले सिंगटी आसपासमा रहेको घाट र मन्दिरहरुमा डस्टबिन बितरण गरिएको थियो भने रगत दान गर्ने ब्यक्तिहरुलाई प्रमाण पत्र बितरण गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
