२० भदौ २०८३, शनिवार

नेचुरल सहकारीको कारोबार आफ्नै भवनबाट

२०७९ भदौ ६, सोमबार
नेचुरल सहकारीको कारोबार आफ्नै भवनबाट

काठमाडौं : गोकर्णेश्वर–६, जोरपाटीमा प्रधान कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था आफ्नै भवनबाट कारोबार सुरु गरेको छ । संस्थाले सोमबारदेखि बौद्ध टुसालमा निमार्ण गरेको भवनबाट कारोबार सुरु गरेको हो ।

बौद्धको टुसाल स्थित संस्थाको यो दोस्रो भवन हो । संस्थाले साँखु सेवा केन्द्र पनि आफ्नै भवनमा रहेको छ । प्रधान कार्यालय रहेको जोरपाटीबाट पनि नियमित रुपमा कारोबार हुने संस्थाले जनाएको छ ।

टुसाल स्थित नयाँ भवनमा संस्थाको कर्पोरेट कार्यालय हुनेछ । संस्थाको कालिमाटी, नयाँबजार, काडाँघारी र साँखुमा सेवा केन्द्र रहेको छ ।

 

अभिलेख

लोकप्रिय