२४ कात्तिक २०८३, मङ्गलबार

स्थिरीकरण कोषको सञ्चालकमा प्रकाश बन्जारा र ज्ञानु पौड्याल मनोनित

२०७९ साउन २५, बुधबार
स्थिरीकरण कोषको सञ्चालकमा प्रकाश बन्जारा र ज्ञानु पौड्याल मनोनित

काठमाडौं : बचत तथा ऋण सहकारी सम्बन्धी स्थिरीकरण कोषको सञ्चालकमा प्रकाश बन्जारा र ज्ञानु पौड्याल मनोनित हुनुभएको छ ।

कोष सञ्चालक समितिको बैठकले सामुदायिक बचत तथा ऋण सहकारी संस्था, काभ्रेका अध्यक्ष प्रकाश बन्जारा र जनउत्थान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानु पौड्याललाई मनोनित गरेको हो ।

कोषको सञ्चालक समितिमा अर्थ मन्त्रालयबाट दिलिपकुमार गौतम, नेपाल राष्ट्र बैंकबाट रामकाजी खाइजु, सहकारी मन्त्रालयबाट टिकाबहादुर कुँवर, सहकारी विभागबाट टोलराज उपाध्याय, राष्ट्रिय सहकारी विकास बोर्डबाट अनिल राज उपाध्याय सदस्य छन् । त्यस्तै राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी सुब्बा, राष्ट्रिय सहकारी बैंकबाट ज्ञानबहादुर तामाङ सञ्चालक छन् । कोषको अध्यक्ष नेफ्स्कूनको अध्यक्ष रहने व्यवस्था छ ।

कोषले सञ्चालनको लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट जेठ २७ गते अनुमती पाएको थियो । कोषमा जिल्ला संघसहित २ सय ५६ प्रारम्भीक संस्था आवद्ध भैसकेका छन् ।

स्थिरीकरण कोषमा ११ करोड रकम संकलन भैसकेको छ ।

अभिलेख

लोकप्रिय