२० भदौ २०८३, शनिवार

बुडोल सामुदायिक साकोसद्वारा दुर्घटना बीमाको रकम हस्तान्तरण

२०७९ साउन २५, बुधबार
बुडोल सामुदायिक साकोसद्वारा दुर्घटना बीमाको रकम हस्तान्तरण

बनेपा : बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले दुर्घटना बीमा वापतको रकम हस्तान्तरण गरेको छ ।

सदस्य नकुल थापाको जेठ २३ गते सडक दुर्घटनामा परी निधन भएकोमा संस्थाको आर्थिक सुरक्षा कार्यक्रम अन्तर्गत दुर्घटना बीमा बापतको एक लाख रुपैयाँ मृतकको परिवारलाई हस्तान्तरण गरेको हो ।

उक्त रकम संस्थाका सचिव जयराम थापाले थापाको पत्नी महेश्वरी थापालाई हस्तान्तरण गर्नुभयो । रकम हस्तान्तरण कार्यक्रममा सदस्य सेवा अधिकृत दिपेन्द्र राउत र कार्यान्वयन अधिकृत रञ्जना सुवालको समेत सहभागिता रहेको थियो ।

संस्थाले आर्थिक सुरक्षा कार्यक्रम अन्तर्गत संस्थामा आवद्ध सम्पूर्ण शेयर सदस्यहरुलाई निःशुल्क १ लाख बराबरको दुर्घटना बीमा, ३० हजार बराबरको मृत्यु राहत सहयोग, २० हजार बराबरको जटिल रोग उपचार सहयोग, ६ हजार बराबरको मातृत्व सुरक्षा सहयोग, २० हजार बराबरको स्थायी अपाङ्गता र प्राकृतिक प्रकोप सहयोग उपलब्ध गराउँदै आएको छ ।

अभिलेख

लोकप्रिय