२१ भदौ २०८३, आईतवार

सहकारी बैंकले पायो अन्तर्राष्ट्रिय सहकारी बैंकिङ संघको सदस्यता

२०७९ साउन २४, मङ्गलबार
सहकारी बैंकले पायो अन्तर्राष्ट्रिय सहकारी बैंकिङ संघको सदस्यता

काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय सहकारी बैंकिङ संघ ( आईसीबिए) को सदस्यता प्राप्त गरेको छ ।

अन्तर्राष्ट्रिय सहकारी बैंकिङ संघ विश्वभर रहेका सहकारी बैंकहरुको शिर्ष निकाय हो । अन्तर्राष्ट्रिय सहकारी महासंघको एक अंगको रुपमा अन्तर्राष्ट्रिय सहकारी बैंकिङ संघ रहेको छ ।

संघमा विश्वभरका ५४ वटा सहकारी बैंकहरु सदस्य रहेका छन् ।

संघले विश्वभर रहेका सहकारी बैंकहरु बीचको सहकार्य प्रर्वधन, सहकारी बैंकहरुको विकासमा सल्लाह र सहयोग गर्ने, साझा चासोका विषयहरूमा अध्ययन र अनुसन्धान गर्ने, पूँजी निर्माण लगायतको काम गर्दछ ।

अभिलेख

लोकप्रिय