२१ भदौ २०८३, आईतवार

८ अर्ब ७५ करोडको सामुदायिक साकोस बनाउने लक्ष्य

२०७९ साउन २३, सोमबार
८ अर्ब ७५ करोडको सामुदायिक साकोस बनाउने लक्ष्य

काभ्रे : २०८३ सम्ममा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको कुल वासलात ८ अर्ब ७५ करोड पुर्याउने लक्ष्य लिएको छ । संस्थाले आ.व. २०७९ देखि २०८३ सम्मको चौवार्षिक रणनितिक योजना प्रस्तुत गर्दै संस्थाको कुल वासलात ८ अर्ब ७५ करोड ९८ लाख १० हजार ३ सय ३९ रुपैयाँ बनाउने लक्ष्य लिएको हो ।

शनिबार आयोजित वार्षिक समिक्षा तथा रणनीतिक बैठकमा संस्थाका कोषाध्यक्ष प्रताप ताम्राकारले उक्त बजेट पेश गर्नुभएको हो । रणनैतिक योजनामा सदस्यता बृद्धि, कार्यक्षेत्र विस्तार, संस्थागत कोष, सदस्य सेवा सन्तुष्टि र संस्थागत ब्राण्डलाई आधार मानेर तयार गरिएको उहाँले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष प्रकाश बन्जाराको अध्यक्षतामा सम्पन्न बैठकमा पनौती नगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत तथा स्थानीय सहकारी रजिस्ट्रार इन्द्र प्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाको सभाहल पनौती-४, टौखालमा सम्पन्न भएको बैठकमा संचालक समिति, लेखा सुपरिवेषक्षण समति, सल्लाहाकार, परामर्शदाता, विभिन्न विषयतग उपसमिति, सेवाकेन्द्र संचालन तथा व्यवस्थाप उप समिति लगाएत संस्थाका उच्च व्यवस्थापन तहका कर्मचारी र सेवाकेन्द्र प्रमुख कर्मचारीहरुको सहभागीता रहेको थियो ।

May be an image of 21 people, people sitting and people standing

संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन वस्नेतले गत आ.व. २०७८/०७९ को समिक्षात्मक प्रगती प्रतिवेदन र आगामी चौवार्षिक रणनितिक योजनाको लागि प्रस्तावित योजना पेश गर्नु भएको थियो । प्रतिवेदनको क्रममा संस्थाले हालसम्म ८ वटा सहकारी संस्थासंग एकीकरण भएको जनकारी गराउँदै आ.व. २०७८/०७९ मा कुल आम्दानीको १०६ प्रतिशतको लक्ष्य हासिल भएको जानकारी गराउनुभयो ।

सदस्य लक्षित कार्यक्रमहरु अन्तर्गत सदस्य लक्षित तालिम, शिविर तथा शिक्षाका कार्यक्रमहरुबाट ५ हजार ६ सय ७५ जना सदस्य तथा समुदायका सदस्यहरु लाभान्वित भएको प्रतिवेदन साथै नविनतम बस्तु तथा सेवा अन्तर्गत सुनौलो अवसर बचत, ब्लुबुक नविकरण सेवा, सेवाकेन्द्र विस्तार लगायत कार्यक्रमहरु लक्ष्य अनुरुप सम्पन्न गरिएको लगायतको वित्तीय तथा गैर वित्तीय लक्ष्य प्राप्तिको विष्लेषणात्मक बिवरण प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका प्रकाश बन्जाराले संस्था सदस्य मात्र नभई समुदाय केन्द्रित भएर जानेतर्फ संस्था अग्रसर रहेको जानकारी गराउनुभयो । संस्थाको नयाँ कार्यक्रम, वस्तु तथा सेवाहरुले वित्तीय तथा व्यवसायिक सक्षमता प्रदान गर्ने कार्यमा संस्था अग्रणि रहेको पुष्टि गरेको बताउनुभयो ।

संस्थागत विकास तथा संस्थाका हितमा गरिने निर्णयमा सबैको सहकार्य तथा सहमति भएमा मात्र सोचे जस्तै लक्ष्य प्राप्त गर्न सकिने बताउनुभयो । वार्षिक तथा चैवार्षिक लक्ष्य प्राप्त हुनेगरी योजना तयार गरि कार्यान्वयन गरिने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

अभिलेख

लोकप्रिय