बैंकहरुको औसत ब्याजदर आएपछि मात्रै सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक
काठमाडौं : वाणिज्य बैंकहरुको औसत ब्याजदर आएपछि मात्रै सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बस्ने भएको छ ।
असार महिनाको वाणिज्य बैंकहरुको औसत ब्याजदर राष्ट्र बैंकले प्रकाशन गरेपछि मात्रै समितिको बैठक बस्ने जनाएको छ । असार महिनाको औसत ब्याजदर साउन मसान्तसम्म प्रकाशन हुने गर्दछ । सोही ब्याजदर आएपछि मात्रै बैठक बस्ने समितिका संयोजक तथा सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।
‘औसत ब्याजदर नआएसम्म बैठक बस्नुको अर्थ छैन’, उहाँले भन्नुभयो, ‘औसत ब्याजदर सार्वजनिक भएपछि समितिको बैठक बोलाउँछु ।’
बचत तथा ऋणको सन्दर्भ ब्याजदर (रेफेरेन्स इन्टेरेस्ट रेट) तोक्नको लागि वाणिज्य बैंकहरुको औसत ब्याजदर अनिवार्य गरिएको छ । त्यस्तै बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय संघमा आवद्ध संस्था र संघहरुको औसत ब्याजदर, सहकारी बैंकको औसत ब्याजदर, विभिन्न अध्ययन, सहकारी महासंघ र विषयगत केन्द्रीय संघहरुबाट प्राप्त सुझावको आधारणमा सन्दर्भ ब्याजदर तोक्ने व्यवस्था छ ।
जेठ महिनामा क वर्गका बैंकहरुको औसत ब्याजदर ९.३९ रहेको छ ।
सन्दर्भ ब्याजदर निर्धारण समितिले २०७८ फागुन १५ गतेबाट लागू हुनेगरी सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत कायम गरेको थियो । त्यस्तै बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत कायम हुनुपर्ने निर्णय गरेको थियो । त्यस्तै ऋण लगानीमा व्यक्तीगत तर्फ १ प्रतिशत र सामूहिक जमानीतर्फ १.५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने निर्णय गरेको थियो ।
पछिल्लो समयमा बैंकहरुको ब्याजदर बढेसँगै सहकारीको सन्दर्भ ब्याजदर (रेफेरेन्स इन्टेरेस्ट रेट) बढाउनुपर्ने माग सहकारीकर्मीले गर्दै आएका छन् । बैंकहरुले बचत र कर्जामा ब्याजदर बढाएका छन् । तर सहकारीहरुले गर्ने लगानीमा सिमा भएका कारण बचत ब्याजदर बढाउन सकेका छैनन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार