९ अर्बको विकू बचतमा जोडिए १ लाख १० हजार सदस्य
गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थामा १ लाख १० हजार सदस्य पुगेको छ । जस मध्ये ४९ प्रतिशत महिला र ५१ प्रतिशत पुरुष रहेको संस्थाले जानकारी दिएको छ ।
विकूका कुल सदस्य मध्ये १ हजार २ सय ९३ जना सदस्य सुकुम्बासी परिवारका रहेका छन् । संस्थाले हरेक महिना कुनै पनि बैंक, वित्तीय संस्था तथा सहकारीको पहुँच बाहिर रहेका कम्तिमा ५० जनालाई संस्थामा जोड्ने अभियान समेत सुरु गरेको छ ।
संस्थाको ३२ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा पत्रकार सम्मेलनको आयोजना गरी संस्थाको गतिविधिका बारेमा जानकारी गराईएको छ । २०४८ साल भाद्र ५ गते विजय विकास स्रोत केन्द्र (तत्कालिन विजय युवा क्लब)को सक्रियाता २६ जना सदस्यबाट संस्थाको स्थापना भएको थियो ।
यसको स्थापना कालमा बचत तथा ऋणको कार्यक्रम गर्ने संस्थाबाट वैधानिकता दिन कुन निकायमा वा कहाँ दर्ता वा आवद्ध गर्ने भन्ने बारेमा स्पष्टता नभएकाले तत्कालिन विजय युवा क्लबको एउटा कार्यक्रमको रुपमा ‘विजय युवा क्लब क्रेडिट युनियन’ को नामबाट सञ्चालन भएको थियो । यसैको छोटकरी नाम विकू हो । २०४८ सालमा सहकारी ऐन जारी भएपछि २०५० सालमा आधिकारीक रुपमा सहकारी संस्थाको रुपमा दर्ता भएको थियो ।
संस्थाको वित्तीय अवस्था
हल संस्थाको सेयर पुँजी ९० करोड ९४ लाख रुपैयाँ रहेको छ । संस्थाको जगेडा तथा कोषहरुमा ७८ करोड ६६ लाख रुपैयाँ रहेको छ । संस्थाले ७ अर्ब २ करोड ४७ रुपैयाँ बचत संकलन गरी ७ अर्ब २० करोड ६१ लाख रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाको कुल सम्पत्ती ९ अर्ब ३ करोड ३४ लाख रुपैयाँ रहेको संस्थाले जनाएको छ ।
संस्थामा हाल १ सय ९२ जना कर्मचारी कार्यरत छन् । संस्थाले २३ वटा विभिन्न कार्यालयबाट सदस्यहरुलाई सेवा प्रदान गरिरहको छ ।
स्थापना दिवसमा विविध कार्यक्रम
संस्थाले पत्रकार सम्मेलन गरी स्थापना दिवसको अवसरमा गरिने कार्यक्रमहरुको बारेमा जानकारी गराएको छ ।
संस्थाले आगामी साउन २१ गतेदेखि भदौ ५ गतेसम्म दर्जन बढी विभिन्न कार्यक्रमहरु गरि स्थापना दिवस मनाउने भएको हो । जसमा विभिन्न किसिमका खेलकुदहरू, नृत्य प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, ट्राफिक सचेतना कार्यक्रम, बृद्धबृद्धा र विरामीहरुलाई खाना तथा फलफुल वितरण, मोटराइकल स्लो रेस र मोटरसाईकल र्याली, रक्तदान, प्रभातफेरी, पुरस्कार बितरण र दिप प्रज्वलन लगायतका कार्यक्रमहरु छन् ।
विकूले यी कायक्रमहरू गैंडाकोट, कावासोती, टाँडी, पर्सा, हर्कपुर, अमरापुरी र देवघाटमा गर्नेछ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार