विकू बचतद्वारा ९४ प्रतिशत उपलब्धी हासिल, गरिमा सेवा केन्द्र उत्कृष्ठ
नवलपुर : गैंडाकोट–८, विजयनगरमा प्रधान कार्यालय रहेको विकू बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८/०८९ मा करिब ९४ प्रतिशत उपलब्धी हासिल गरेको छ । यस वर्ष गरिमा सेवा केन्द्र उत्कृष्ठ बन्न सफल भएको छ ।
संस्थाले गत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक समिक्षा बैठक समेत सम्पन्न गरेको छ । गत आर्थिक वर्षमा भएका कामहरुको समिक्षा गरि संस्थाको कारोबार लगायत अन्य गतिविधिलाई थप प्रभावकारी गराउने उद्देश्यकासाथ बैठकको आयोजना गरिएको हो ।

बैठकमा संस्थाको वर्तमान अवस्था, योजना र समसान्दर्भिक विषयको बारेमा संस्थाका प्रमुख अधिकृत माधव प्रसाद पौडेलज्यूले सहजीकरण गर्नु भएको थियो । बैठकमा विभागीय प्रमुखहरु, क्षेत्रीय प्रमुखहरु र सबै सेवा केन्द्रका प्रमुखहरुको सहभागीता रहेको थियो ।
बैठकमा विभागीय तथा सेवा केन्द्र प्रमुखहरुले आ-आफ्नो विभाग तथा सेवा केन्द्रले गत आर्थिक वर्षमा हासिल गरेको उपलब्धी, आगामी लक्ष्य, संभावना, सदस्य सेवा, अवसर, चुनौती र समाधानका उपायहरुको वारेमा गहकिलो प्रस्तुती पेश गर्नु भएको थियो ।
संस्थालाई वित्तीय रुपमा अझ शसक्त बनाउनको लागि विभागीय तथा सेवा केन्द्रका प्रमुखहरुले आफ्नो योजना सहित धारणा राख्नु भएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार